आज तय भएको काठमाडौं र भैरहवाबीचको खेल रद्द | Jana Aawaj News

आज तय भएको काठमाडौं र भैरहवाबीचको खेल रद्द

पढ्न लाग्ने समयः < 1 मिनेट
आज तय भएको काठमाडौं र भैरहवाबीचको खेल रद्द : Jana Aawaj News

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल अन्तर्गत आज तय भएको काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबी भएको लिगको अन्तिम खेल रद्द भएको छ ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको आउटफिल्ड भिजेका कारण खेल खेल्न मैदान तयार नभएपछि खेल रद्द भएको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ प्ले अफमा प्रवेश गर्न सफल भएको छ । यस्तै काठमाडौँ चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको छ । काठमाडौँले ५ खेलमा ३ अङ्क जोड्यो भने, ललितपुर प्याट्रियट्सले समान ३ अङ्क जोडे पनि काठमाडौँ नेट रन रेटका आधारमा प्ले अफमा पुगेको हो ।

आजको खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । लिगमा आठ अङ्क जोडेको चितवन टाइगर्स पहिलो स्थानमा छ भने सात अङ्क जोडेको पोखरा दोस्रो स्थानमा रहेको छ ।

यता समान सात अङ्क जोडेको भैरहवा नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ । साबिक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छ ।

यस्तै भोलि बिहान ९ः१५ बजे चितवन टाइगर्स र पोखराबीच पहिलो क्वालिफायर खेल हुने बताइएको छ । काठमाडौँले भैरहवासँग इलिमिनेटर खेल भोलि दिउँसो १ः३० बजे खेल्ने बताइएको छ ।

उक्त खेलमा विजेता टोलीले रु. ५० लाख तथा उपविजेताले टोलिले रु. १५ लाख पाउने भएका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
2 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
3 गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट
4 क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न