
भक्तपुर, ५ फागुन । भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेत मध्यपुरथिमिका जनताले हल्लाको भरमा भोट नदिने बताएका छन् । मंगलबार नेकपा एमालेले मध्यपुरथिमि नगरपालिका वडा नं. ८ मा आयोजना गरेको घरदैलो कार्यक्रममा यहाँका बासिन्दाले हल्लाको भरमा अरुलाई भोट नदिने विकासप्रेमी महेश बस्नेतलाई भोट दिने बताएका छन् ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेत मंगलबार बिहान बोडेको प्रसिद्ध कुमारी मन्दिरको दर्शन गरेर सुरु भएको घरदैलो अभियानमा वडा नं. ८ का बासिन्दाले हल्ला गर्ने नेतालाई नभई विकासको भिजन भएको नेतालाई भोट हाल्ने बताए ।
तपाईको भोट कसलाई भन्ने पत्रकारको प्रश्नमा एक मतदाताले भने, “मेरो भोट राष्ट्रियताको पक्षमा र जनताको पक्षमा लाग्ने पार्टी एमाले हँदा हुदै अरु कसलाई भोट दिइन्छ र ? एमालेले राष्ट्रियताको पक्षमा बोलेको छ, विकासको काम गरेको छ । हल्लाको भरले अरुलाई भोट दिएर हुन्छ त ?”
नयाँ पार्टी पनि आको छनी भन्ने प्रश्नमा उहाँले फेरी भने “नयाँ पार्टी त मुलुकको सरचना भत्काउने, मुलुकलाई ध्वस्त पार्ने पार्टी हो, त्यसलाई कसरी भोट दिने ? हामी त विकास गर्ने पार्टी एमालेलाई भोट दिन्छौ, महेश बस्नेतलाइ दिन्छौ ।”
घरदैलो अभियानकै क्रममा उम्मेदवार महेश बस्नेतलाई विजयको आर्शिवाद दिदै स्थानीय एक जेष्ठ नागरिक महिलाले एमाले बाहेक अरुलाई रोज्नै नसक्ने बताईन् ।
एनले भनिन्, “हामी एमालेलाई भोट दिन्छौं, हामीलाई बृद्धभत्ता खुवाउने पार्टी पनि हो एमाले । घण्टी त घर भित्र मात्रै बजाउने हो हामी त बाहिर त बजाउदैनौ, बाटो बाटोमा बजाउने घण्टी काम छैन ।”
यो त उहाहरण मात्रै हो । बिहानको तीन घण्टाको घरदैलोमा ठाउँठाउँमा उभिएका स्थानीयले राती टीका, माला, खादाले स्वागत मात्रै गरेनन्, दशीकाृ सगुन खुवाएर विजयीका शुआर्शिवादसमेत दिए ।
यहाँका बासिन्दाले नेता बस्नेतलाई विकासका बिभिन्न खाकाहरु प्रस्तुत गर्दै यो क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरेका थिए । नयाँ तथा पुराना बस्तीका बासिन्दाले सडक, खानेपानी, ढलको प्रमुख समस्या रहेको बताउदै समाधानको अपेक्षा राखेको बताएका थिए ।
एमाले नेता महेश बस्नेतले कतैपनि विभेद नहुने गरि विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए । बोडे क्षत्रका ऐतिहासिक सम्पदाहरुको आँगनमा उभिएर उहाँले यहाको कला, संस्कृति, सम्पदाको संरक्षण, पर्यटकको आगमनदेखि होमस्टेसम्मको योजना अघि सार्ने र घरमै रोजगारी सृजना गर्नेदेखि नयाँ पुराना बस्तीका बासिन्दाको समस्या र मागलाई विभेद नगरी उच्च प्राथमिकतामा राखेर यहाँको विकासमा आफूलाई उभ्याउने बताउनुभयो ।
उहाँले यहाँका सम्पदा, जात्रा पर्व हेर्न आउँने स्वदेशी तथा विदेशीदेखि पर्यटक उम्मेदवारलाई घमाएर सम्मानका साथ पठाईदिन आग्रह गर्दै सूर्यमा मतदान गरि एमालेलाई जिताएर अधूरो विकासलाई पुरा गर्ने बाटोमा लाग्न मतदातालाई आग्रह गर्नुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related


















Total views : 351284










