एमाले उम्मेदवार महेश बस्नेतलाई नगदेशवासीले भने : भक्तपुर नदेखेको, भक्तपुर नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई भोट दिदैनौ | Jana Aawaj News

एमाले उम्मेदवार महेश बस्नेतलाई नगदेशवासीले भने : भक्तपुर नदेखेको, भक्तपुर नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई भोट दिदैनौ

पढ्न लाग्ने समयः 2 मिनेट
एमाले उम्मेदवार महेश बस्नेतलाई नगदेशवासीले भने : भक्तपुर नदेखेको, भक्तपुर नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई भोट दिदैनौ : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । मध्यपुरथिमि नगरपालिका वडा नं. ७ नगदेशको परम्परागत शैलीमा निर्माण भएको आकर्षक गेट । दिउँसो तीनबजेदेखिनै स्थानीयले हातमा माला, खादा, र अबिर बोकेर विकासप्रेमी नेता आउँदैछन् भन्दै पर्खिबसेको देखिन्थ्यो । स्थानीय महिला पुरुषहरुघरदैलो अभियान मार्फत जनताको घरटोल पुगेर भोट माग्न निस्किनु भएका बस्नेत गेट पुग्ने बित्तिकै स्थानीय महिला पुरुषले भव्य स्वागत गरे । त्यसपछि सुरु भयो नगदेशको घरदैलो अभियान ।
नगदेशमा कतै चौम्सुर पालुङो त कतै सलगम मुला, कतै साग त कतै धनियाँ, कतै हरियो प्याज त कतै हरिया लसुन केलाउन, बजार लाने व्यबस्था गर्न धेरै किसान व्यबस्त देखिन्थे । जब महेश बस्नेत कार्यकर्तासंगै घरदैलोमा पुगे तब प्रफुल्लित किसानहरुले गर्दै गरेको काम छाडेर भेट्न, आफ्ना कुरा सुनाउने गरेका थिए । देश बचाउनका लागि भए पनि महेश बस्नेतलाई मतदान गर्ने स्थानीयले प्रतिबद्धता गरे ।
स्थानीयले पक्कि सडक, खानेपानी र किसानका लागि आवश्यक सहुलियत अब बन्ने सरकारले व्यबस्थापन गर्नुपर्ने सुनाए । नेता बस्नेतले आफू अधूरा काम सम्पन्न गर्न फेरी एक पटक जनताको घरदैलोमा आएको सुनाउनु भयो ।
नगदेशवासीले चुनाब अगाडि भक्तपुर नदेखेको, भक्तपुर नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई मतदान गरेर मतलाई खेर नफाल्ने प्रतिबद्धता व्यक्त गरे ।

उम्मेदवार बस्नेतलाई नगदेशका मतदाताले देश विकास र संकटलाई पार लाउँन एक पटक महेश बस्नेतलाई नै मतदान गर्ने बताए ।
मतदातासंग कुरा गर्दै उम्मेदवार एवं नेता महेश बस्नेतले गतवर्ष आफ्नाबारेमा भ्रम फैलाईएको तर यस वर्ष भ्रम फैलाएपनि त्यसलाई जनताले विश्वास नगरी मतदान गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । उहाँले मतदाताले यसवर्ष भोट हाल्ने प्रतिबद्धत मात्रै नभई हौसला पनि प्रदान गरेकाले २०७४ कै परिणामलाई हात पार्ने बताउनुभयो ।
अबको निर्वाचनमा नेकपा एमालेको बहुमत तहमा पुगेको छ । विशेष गरेर अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल र नेपाललाई युद्धभूमि बनाउने षडयन्त्रको बिरुद्ध ०८४ मा हुनु पर्ने चुनाबलाई ०८२ मा ल्याउन देशको शासन चाहने, शान्ति चाहने, राष्ट्रवादी, जनवादी, लोकतन्त्रवादी , प्रगतिवादी विकासप्रेमी शुसासन चाहनु पर्छ भनेर एमाले सशक्त ढंगले चुनाबमा अगाडि बढेको छ । नेपाली जनतालाई अन्तर्राष्ट्रिय शक्तिको हस्तक्षेपलाई चिनाउन र बुझाउन आवश्यक भने रहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न