
भक्तपुर, ६ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा संयुक्तबाट उम्मेदवारी दिनुभएका लोककृष्ण दाहाल अर्थात (एलके दाहाल) आज नेकपा एमालेमा प्रवेश गर्दै एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।
नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार एवं एमाले केन्द्रीय सचिव महेश बस्नेतलाई अत्याधिक मतले विजयी गराउने लक्ष्यका साथ बुधबार एमाले प्रवेश गरि महेश बस्नेतलाई मत माग्ने अभियानमा जुटेका हुन् ।
एमालेको घरदैलो अभियानका क्रममा बुधबार सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट चोकस्थित एमाले चुनाव प्रचार प्रसार कार्यालयमा एमालेका उम्मेदवार महेश बस्नेतले टीका, खादा र माला लगाईदिएर दाहाललाई एमाले प्रवेश गराउनु भएको हो ।

एमाले सचिव महेश बस्नेतले नेकपा संयुक्तका नेता एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार आज एमाले प्रवेश गर्दै एमालेलाई समर्थन गरेपछि एमालेको चुनावी अभियानमा अझै उर्जा थपिएको बताउनुभयो ।
एमाले जिल्ला अध्यक्ष बचन देउजाले दाहाललाई पार्टी प्रवेश गराउँदै देशभर एमालेमय भएको अबस्थामा उम्मेदवारनै एमाले प्रवेश गर्नुले देशको विकास गर्ने र राष्ट्रियता बोकेको पार्टी भएकाले एमालेमा जनलहर आएको बताउनुभयो ।
पार्टी प्रवेश गर्दै लोककृष्ण दाहालले फागुन २१ गतेको निर्वाचनमा आफ्नो उम्मेदवारी परित्याग गर्दै एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने, अभियाननमा संगै हिड्ने र एमालेलाई अत्याधिक मतले विजयी गराउन लाग्ने बताउनुभयो ।
दाहालले भन्न्भयो, “देश विकास गर्ने र राष्ट्र र राष्ट्रियताको पक्षमा उभिने एक मात्रै पार्टी नेकपा एमाले हो, त्यसमाथि पनि भदौ २३ र २४ गतेको जेनजी आन्दोलन शुसासन, सामाजिक सञ्जालको खुल्ला, भ्रष्टाचारको अन्त्यका लागि भएको शान्ख्तिपूर्ण आन्दोलनलाई २४ गते विध्वंस मच्चाएको अबस्थामा अब पनि देश बचाउने पार्टीमा नलागे देृश सकिन्छ भनेर एमाले प्रवेश गरेको हो ।”
देशको शसक्त र बलिायो पार्टी एमाले नै हो भन्ने आफ्नो ठहर रहेको बताउदै दाहालले महेश बस्नेतको, आँट, भरोसा, देशप्रेम, विकासप्रतिको लगाबलाई हेरेर भक्तपुरको विकासका लागि महेश बस्नेतलाई जिताउन उम्मेदवारी त्यागेको बताउनुभयो ।
अमेरिकी सेनाले नेपवालमा बुठ बजार्न सुरु गरिसक्दा अब पनि देश जोगाउने पार्टीहरु एक हुनु पर्ने अबस्थालाई मध्यनजर गर्दै देशभक्त पार्टी एमालेमा आएको बताउनुभयो ।
जनताको मनममनमा बसेको एमाले र विकासको लहकर ल्याउने महेश बस्नेत यहाँको आवश्यकता महसुस गर्दै राष्ट्रियताको पक्षमा उभिन एमाले प्रवेश गर्दै महेश बस्नेतलाई समर्थन गरेको बताउनुभयो ।
बालकोट वडा नं. २ मा भएको घरदैलो अभियानमासंगसंगै साथ दिनुभएका दाहाल, एमाले नेतृ रामकुमारी झाक्रीलगायत हजारौ बालकोटबासीको सहभागिताले घरदैलोमा ठूलो उत्साह थपिएको थियो ।
घरदैलोमा मतदाताहरुले नेता बस्नेतसंग बालकोटमा खानेपानीको व्यबस्था सहज गरिनि आग्रह गरेका थिए । मतदातालाई उम्मेदवार बस्नेतले तीन वर्ष आफू सांसद नहुँदा रोकिएका सबै विकास अब आफूले पुरा गर्ने अभियान बोकेर आएको बताउदै बालकोटको खानेपानी समस्यालाई पूर्ण रुपमा समाधान गर्ने जिम्मेवारी आफूले काँधमा लिएको बताउनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related


















Total views : 351284










