
जन आवाज न्युज/धादिङ । विश्वव्यापी कल्याणकारी संस्था वीलभयू फाउन्डेसनद्वारा बिहिबार निलकण्ठ नगरपालिका, धादिङ बेसीँमा अवस्थित उधोग वाणिज्य संघमा ८,६५ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वीलभयूका सदस्यहरू, उनीहरूका परिवार लगायत छिमेकीहरू गरी करिब १३० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।

मानिसहरूलाई रक्तदानमा निरन्तर रुचि राखेर सहभागी हुनलाई प्रोत्साहित गर्ने र जीवन बाँड्नुको महत्त्व बुझाउन सो कार्यक्रमको आयोजना गरिएको थियो । “रगतचाहिँ कृत्रिम रूपमा बनाउन नमिल्ने र अरू कुराद्वारा प्रतिस्थापन गर्न नसकिने एक अमूल्य जीवन स्रोत हो । त्यसैले हाम्रा छिमेकीहरूलाई पुनः स्वस्थ दैनिक जीवनमा फर्काउन थोरै भए पनि मद्दत पुऱ्याउनका लागि सदस्यहरू एकजूट भएर लागिपरेका छन् । यस्तो कार्यक्रम काठमाडौंमा मात्र नभएर विभिन्न क्षेत्रमा लगातार आयोजना गरेर मानिसहरूलाई जीवन बाँड्नुको महत्त्व बोध गराउने एउटा माध्यम बनाउने योजना रहेको छ” वीलभयूका अधिकारीले भन्नुभयो ।

वीलभयूको ‘विश्वव्यापी रक्तदान कार्यक्रम’चाहिँ एक जनाको रक्तदान दुई जना, चार जना हुँदै फैलिएर आदानप्रदानको सद्गुण चक्र निर्माण गर्ने उद्देश्य रहेको विश्वव्यापी जीवन बचाउने अभियान हो । यसले स्थानीय समुदायमा रक्त आपूर्ति अभाव सुल्झाउन र विश्व स्वास्थ्य संगठन (WHO) ले अवलम्बन गरेको निःशुल्क स्वैच्छिक रक्तदानको संस्कृति फैलाउन योगदान पुऱ्याइरहेको छ । कोरियाबाट सुरु भएर विगत २० वर्षदेखि विश्वका ठाउँ-ठाउँमा आयोजना हुँदैआएको यो कार्यक्रम रगतको खाँचो परेका छिमेकीहरूका लागि बलियो सहारा बनेको छ । गत वर्षसम्म, ६४ देशहरूबाट करिब १,३७,००० जना सहभागी भएर ६२,००० जनाभन्दा बढीले रक्तदान गरेका थिए । एक जनाको रक्तदानले तीन जनाको ज्यान बचाउन सक्छ भन्ने कुरालाई विचार गर्दा योचाहिँ १,८६,००० जनाभन्दा बढी मानिसहरूको ज्यान बचाउन सफल भएको ठूलो उपलब्धि हो ।

कार्यक्रमको दिनमा, सहभागीहरूले व्यवस्थित तरिकाले दर्ता, त्यसपछि प्राथमिक स्वास्थ्य जाँच र रक्त जाँच गरेर रक्तदानको लागि योग्यता पुष्टि गरेका थिए । उपयुक्त ठहरिएका सहभागीहरूले क्रमैसँग रगतदान गरेका थिए । ८९ जनाले ३९,१६० मिलिलिटर स्वस्थ रगत दान गरेका थिए । यो फेब्रुअरी महिनामा पनि धादिङ लगायत नवलपरासी बर्दघाट-४ तारिख, टोखा चण्डेश्वरी-११ तारिख, उदयपुर गाईघाट-१६ तारिख, पोखरा-१८ तारिख, कन्चनपुरको भिमदत्त नगरपालिका-१८ तारिख, भक्तपुर-१८ तारिख, ललितपुर-२२ र हेटौंडा-२६ तारिख मा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

रक्तदान कार्यक्रममा रूवी भ्याली गाउँपालिका प्रमुख श्री रामसिङ तामाङज्यू,निलकण्ठ नगरपालिका वडा नं.४ का श्री हरि बहादुर श्रेष्ठज्यू, धादिङ उधोग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत श्री रमेश अधिकारी, धादिङ रेडक्रस सोसाइटीका सभापति श्री दुर्लभ कुमार तामाङज्यू,नेको इन्सुरेन्स शाखा प्रमुख श्री नवराज दुवाडीज्यू लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो । कार्यक्रममा सहभागी रामसिङ तामाङले “वीलभयू फाउन्डेसनको नामभित्र ‘हामी तपाइलाई प्रेम गर्छौं’ भन्ने वाक्यले प्रभावित भएको कुरा बताउनुभयो। प्रेमचाहिँ बोली र शब्दमा मात्र नभएर व्यवहार र कार्यमा ल्याएमा असल हुनेछ, अहिले विश्व संसारमा प्रेमलाई शब्दमा मात्र सिमित राखिएको अवस्था छ। साँचो प्रेमको अभावले गर्दा विश्व समाजमा भाडभैलो,अशान्ति,द्वन्द्व,विकृति-विसंगति फैलिरहेको छ। त्यसैले साँचो प्रेमको नितान्त अवश्यक छ। वी लभ यू फाउन्डेसनमा त्यो साँचो प्रेम रहेको महसुस गरेँ, रगतको अभावले गर्दा मर्न लागिरहेका मानिसहरूलाइ बचाउन रगतदान गर्ने कार्य अति नै सराहनीय कार्य हो। अनि समृद्व समाज,असल समाज,शान्तिमय समाज र दिगो विकासको निम्ति वी लभ यू फाउन्डेसनको महत्वपूर्ण भूमिका रहनेछ, अनि वी लभ यू फाउन्डेसनको हरेक कार्यमा सहकार्य गर्ने कुरा व्यक्त गर्नुभयो, साथै वीलभयू फाउन्डेसन ग्रामिण क्षेत्रहरूमा पुगेमा असल समाज निर्माण हुनेछ !” भन्दै सहभागीहरू सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
निलकण्ठ नगरपालिका वडा नं.४ का श्री हरि बहादुर श्रेष्ठले पनि “अहिले संसारमा मानिसहरू एकअर्का प्रति क्रुर,हिंसात्मक भइरहेका छन्। यस्तो समयमा प्रेमको अभ्यास नितान्त आवश्यक छ। एकअर्काप्रति विचारशील हुनु,जात-वर्ण-धर्म-वर्ग-लिङगको आधारमा विभेद नगरी समान व्यवहार गर्नु, गराउनु नै प्रेम हो। वीलभयू फाउन्डेसनले विश्व समाजमा खड्कि रहेको प्रेमलाई लक्ष्य बनाएर आमाको प्रेमको मनद्वारा रक्तदान कार्यक्रम गरिरहेका छन्, यो अति नै प्रशंसनीय कार्य हो । ” भन्दै वीलभयू फाउन्डेसनलाई धन्यवाद व्यक्त गरेका थिए । धादिङ बेसीँ रेडक्रस सोसाइटीका सभापति दुर्लभ कुमार तामाङले पनि “रक्तदान नै जीवनदान हो। बिरामी, घाइते, सुत्केरी लगायत विभिन्न क्षेत्रमा रगत शीघ् आवश्यक पर्ने हुन्छ, रगतको आपुर्तिको अभावले गर्दा पिडितको मृत्यु हुन सक्छ,अहिले नेपालमा रगतको संकट अत्यन्तै भइ रहेको बेलामा वीलभयू फाउन्डेसनले आयोजना गरेको रक्तदान कार्यक्रमप्रति अति आभार व्यक्त गरेका थिए ।
वीलभयू फाउन्डेसनले नेपाल रेडक्रससँग सहकार्य गरेर काठ्माडौं,चितवन,मकवानपुर,कन्चनपुर,भिमदत्त लगायत नेपालका विभिन्न क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गरिरहेका छन्, यो अत्यन्तै पुण्यको कार्य हो।” भन्दै वी लभ यू फाउन्डेसनप्रति धन्यवाद व्यक्त गरेका थिए । उज्यालो मुस्कानका साथ रक्तदानमा सहभागी भएका हरि बगालेले “आमाको प्रेमद्वारा प्रोत्साहित अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुन पाएकोमा अत्यन्तै खुशी रहेको बताए, अनि यस संस्थाका अध्यक्ष जाङ गिल जा ज्यूको प्रेमको मनलाई लिन पाएकोमा आभार व्यक्त गरे” भन्दै आफ्नो अनुभव सुनाएका थिए ।
पवित्रा सुनारले पनि गर्व मुस्कानका साथ “वी लभ यू फाउन्डेसनद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी हुन पाउनु नै गरिमामय कुरा बताईन् र आफ्नो थोरै रगतले कसैको जीवन बचाउन सकिन्छ भने यस्तो असल कार्यमा सधैँ अग्रसर रहनेछु” भनिन् । संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग (UN DGC)को साझेदार सङ्गठन रहेको अन्तर्राष्ट्रिय वीलभयूले सबैले आदर पाउने दिगो शान्तिको लागि विश्वव्यापी कल्याणकारी गतिविधिहरू गर्दछ । ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वीभलयूले वातावरण संरक्षण, आपत्कालीन राहत, स्वास्थ्य कल्याण, शैक्षिक सहयोग र समाज कल्याण जस्ता विभिन्न क्षेत्रहरूमा १०,९०० भन्दा बढी कल्याणकारी गतिविधिहरू सञ्चालन गरेको छ (सन् २०२५सम्म) । अनि मानवजाति र पृथ्वीको आशामय भविष्य सृजना गर्न प्रतिबद्ध हुँदै अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू (SDGs) को उपलब्धिमा पनि योगदान पुऱ्याइरहेको छ ।

वीलभयूले नेपालमा पनि विभिन्न स्वयंसेवा गतिविधिहरूमार्फत स्थानीय समुदायमा योगदान पुऱ्याउँदैआएको छ । गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको भक्तपुर मध्यपुर थिमिका विद्यालयहरूमा सबै विद्यार्थीहरूका निम्ति शैक्षिक टिभी, स्कूल झोला, लुगा र पंखा सहयोग, स्कूल साइनबोर्ड जडान तथा घेराबार मर्मत जस्ता कार्यहरू गरेर वीलभयूले भावी पुस्तालाई पनि सक्रिय रूपमा सहयोग गरेको छ । त्यसै गरी वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान(Mom’s Garden)’ परियोजनामार्फत बस्नको लागि दिगो ठाउँ बनाउँदै राष्ट्रिय विपद्लाई जित्ने कार्यमा पनि वीलभयू सक्रियतापूर्वक सरिक भएको छ । सन् २०१५को महाभूकम्प पीडितका निम्ति राहत कार्य, भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई जित्न क्वारेन्टिन सामग्री वितरण गर्ने कार्य पनि वीलभयूद्वारा आयोजना गरिएको थियो ।


जसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ ।






-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news






Total views : 336237



