महेश बस्नेतलाई एकसय वर्ष नाघेका नागरिकदेखि जेन्जी पुस्तासम्म भन्छन् : विजयीको माला पहिराउन आतुर छौं | Jana Aawaj News

महेश बस्नेतलाई एकसय वर्ष नाघेका नागरिकदेखि जेन्जी पुस्तासम्म भन्छन् : विजयीको माला पहिराउन आतुर छौं

पढ्न लाग्ने समयः < 1 मिनेट
महेश बस्नेतलाई एकसय वर्ष नाघेका नागरिकदेखि जेन्जी पुस्तासम्म भन्छन् : विजयीको माला पहिराउन आतुर छौं : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिका-१ सोयलगाउँका १०१ वर्षीय दीलबहादुर थापा यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं। २ का एमाले उम्मेदवार एमाले सचिव महेश बस्नेतलाई विजयको माला पहिराउन आतुर छन् ।

निर्वाचनको प्रचारप्रसार एवं घरदैलो अभियानका क्रममा सडकमा विजयीका लागि आर्शिवाद दिन कुर्न भएका थापाले नेता बस्नेतलाई टीका, खादा र फूलको माला लगाईदिदै टाउँकोमा हात राखेर विजयीको आर्शिवाद दिए ।

थापाले भने, “हाम्रो गाउँको, हाम्रो ठाउँको विकास गर्ने नेता तपाई नै हो, तपाई विजयी भएर यहाँको विकासमा अझै लाग्नु पर्छ, चुनावमा विजयी हुनु, मेरो आर्शिवाद छ, तपाईलाई विजयीको माला पहिराउन आतु छौं ।” उहाँको ५७ वर्षीय छोरा, बालकृष्ण थापा, उहाँका परिवार र पहिलो पटक मतदान गर्न तयारी रहेका जेनजी पुस्ताले नेता बस्नेतलाई विजयीको माला पहिराउन प्रतिक्षारत रहने बताए ।

पात्लेटारका ८० वर्षीय भिमबहादुर न्यौपानेले पनि फूल,मा ला लगाईदिदै उम्मेदवार बस्नेतलाई विजयीको माला छिट्टै पहिरान पाउँयोस भन्दै शुभकामना व्यक्त गरेका थिए । बिरुवाका ७६ वर्षीय बद्री घिमिरेदेखि ७६ वर्षीय विष्णुमाया चौलागाईसम्मले मत माग्न पगेका एमाले नेता एवं उम्मेदवार महेश बस्नेतलाई आर्शिवाद दिदै विजयीको माला पहिराउन आतुर रहेको सुनाएका थिए ।

यो त उदाहरण मात्रै हो, सिरुटारदेखि पात्लेटारसम्मका अधिकांश जेष्ठ नागरिक, महिला र जेनजी पुस्ताले महेश बस्नेतको बिकल्प नभएको भन्दै आफ्नो ठाउँको विकास गर्ने, आफ्नो ठाउँको छोरालाई विजयीका माला पहिराउन मत खेर नजाने गरि मतदान गर्ने बताएका थिए ।

+ posts
ताजा
1 उर्लाबारी र दमकद्वारा सामूहिक रुपमा १८३४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्वारा ललितपुरको ठेचोमा Green Workplace वातावरण गोष्ठी सम्पन्न
3 राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
4 बिस्का जात्रा व्यवस्थापनको लागि सरोकारवालाहरुसँग बैठक सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न