
जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह (ASEZ WAO) ले बिहिवार गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा अवस्थित ठेचो स्वास्थ्य चौकीमा “Green Workplace वातावरण गोष्ठी” सम्पन्न गरेको छ ।
गोष्ठीमा गोदावरी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष जगत बहादुर महर्जन, परमेश्वरको मण्डली प्रतिनिधि शम्भु श्रेष्ठ, गोदावरी नगरपालिकाका वरिष्ठ जन स्वास्थ्य अधिकृत रेवतीराज कार्की, ठेचो स्वास्थ्य चौकीका प्रमुख केशव कुमार खड्का र स्वास्थ्य चौकीमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो । यो गोष्ठी आयोजना गरिनुको मुख्य उद्देश्य जलवायु परिवर्तन, यसले पारेका असरहरू र यसलाई रोकथाम गर्नको निम्ति तुरुन्तै चाल्नुपर्ने कदमहरूको बारेमा जनचेतना फैलाउनु हो ।
परमेश्वरको मण्डली प्रतिनिधि शम्भु श्रेष्ठले जलवायु परिवर्तनविरूद्ध कदम चाल्न ASEZ WAO ले विश्वका १७५ वटा राष्ट्रका ७,८०० का क्षेत्रहरूमा निरन्तर स्वयंसेवाका गतिविधिहरू गर्दैआएको कुरा बताउनुभयो ।
त्यसैगरी वडा अध्यक्ष जगत बहादुर महर्जनले नेपालजस्तो विकासन्मुख देशमा जलवायु परिवर्तनको असर अझ गम्भीर रहेको र यस किसिमको कार्यक्रमद्वारा जलवायु परिवर्तन र यसको रोकथाम गर्नको निम्ति ASEZ WAO नाम संस्थाले चालेको कदमप्रति कृतज्ञता व्यक्त गर्नुहुँदै आगामी दिनहरूमा पनि ASEZ WAO सँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Green Workplace अभियानको मूल सन्देश भनेको कार्यस्थलबाट नै कार्बन उत्सर्जन कम र नियन्त्रण गरौं भन्ने रहेको छ । यस अभियानमा इमेल इनबक्स खाली गर्ने, कम्प्युटरको मनिटर र मल्टिप्लगहरू काम नभएको बेलामा बन्द गर्ने, लिफ्टको सट्टा भर्याङ प्रयोग गर्ने, धारा कसेर बन्द गर्ने, टम्बलर प्रयोग गर्ने, दाँत माझ्दा कप प्रयोग गर्ने, भाँडा माझ्दा बाटा प्रयोग गर्ने, सार्वजनिक यातायात प्रयोग गर्ने, साइकल चलाउने, पुन:प्रयोज्य कागज प्रयोग गर्ने, व्यक्तिगत कप प्रयोग गर्ने, रूमाल प्रयोग गर्ने इत्यादि गतिविधिहरू रहेका छन् ।
ASEZ WAO भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको स्वयंसेवक समूह हो । ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं (Save the Earth from A to Z, We Are One Family) भन्ने अर्थ रहेको छ । ASEZ WAO द्वारा ‘Mother’s Forest’ (वृक्षारोपण) सँगसँगै ‘Green Earth (सहर तथा सडक सरसफाइ)’ ‘Blue Ocean (नदी खोला तथा समुद्र सरसफाइ’ ‘No More GPGP (प्लास्टिक फोहोरको टापू रोकथाम गतिविधि)’ जस्ता वातावरण संरक्षणका लागि विभिन्न पहलहरू थुप्रै देशहरूमा सञ्चालन भइरहेका छन् । प्लास्टिक प्रदूषण समाप्त गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासअनुरूप, विश्वभरि विभिन्न ‘प्लास्टिकमुक्त २०४०’ गतिविधिहरू पनि भइरहेका छन् । नेपालको पनि सातै प्रदेशका विभिन्न ठाउँहरूमा यी गतिविधिहरू भइरहेका छन् । सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट युवाहरूको परोपकारी कार्यको मान्यतास्वरूप ६०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।
ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रिय अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।




-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 336233



