
जन आवाज न्युज/मोरङ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बिहिवार कोशी प्रदेशको मोरङ जिल्लामा अवस्थित उर्लाबारी परमेश्वरको मण्डलीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १८३४ औं विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न गरेको छ ।
कार्यक्रममा मण्डलीका विश्वासीहरू, परिवारहरू, छिमेकीहरू गरी करिब २ सय ५० जनाको सहभागीहरूमध्ये १ सय जनाले सफलतापूर्वक ३५,००० मि.लि. रगत दान गरेका थिए ।

कार्यक्रममा मण्डलीका एक अधिकारीले भन्नुभयो, “नयाँ करार निस्तार-चाडचाहिँ येशूज्यूले क्रूसको बलिदानद्वारा मानवजातिलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको चाड हो । ख्रीष्टले उदाहरण देखाउनुभएको ‘जीवन बचाउने प्रेम’को अनुकरण गर्नका लागि रगतदान कार्यक्रम आयोजना गरेका हौं ।” “यो कार्यक्रमले रोग तथा दुर्घटनाका कारण समस्यामा परेका बिरामीहरूलाई बचाउनका साथै रक्तदानको संस्कृति फैलाउनमा योगदान पुऱ्याउनेछ भन्ने आशा गर्दछु ।” ‘निस्तार-चाड (Passover)’ चाहिँ ‘विपत्ति पार’ भन्ने अर्थ रहेको बाइबलमा भएको परमेश्वरको चाड हो । निस्तार-चाडको दिनचाहिँ येशू ख्रीष्टले क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो रातमा आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभएर पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको दिन हो ।
नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला दमक उप-शाखाले स्वास्थ्यकर्मीहरूका साथै रक्तदान उपकरण उपलब्ध गराउँदै कार्यक्रममा समर्थन जनाएको थियो ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर गंगा प्रसाद खरेलले सरकार र पालिकाले गर्नुपर्ने कार्य यस मण्डलीले गरेको भन्दै खुलेर प्रशँशा र धन्यवाद भन्दै आफ्नो कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
रक्तदानमा सहभागी वडा नं ७ का अध्यक्ष उर्मिला थापाले आफु पनि यस पबित्र कार्यमा सहभागी हुदा धन्य महसुस गरेको छु भन्दै खुशी व्यक्त गर्नुभयो । त्यसैगरी सहभागी वडा नं ३ का अध्यक्ष भिष्मराज बुढाथोकीले आगामी दिनहरूमा पनि खुसि साथ यस कार्यमा सहभागी हुनेछु भन्दै छिमेकीहरूलाई सधैँ समर्थन गर्ने कुरा बताउनुभयो ।
‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’चाहिँ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी रूपमा आयोजना हुने जीवन बाँड्ने गतिविधि हो । मण्डलीले सन् २००५ कोरियाबाट सुरु गरेर गत २० वर्षदेखि ६७ वटा देशहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रममा लगभग ३,१०,००० जना सहभागी भएका छन् र १,३४,००० जनाले रक्तदान गरेका छन् (सन् २०२५ सम्म) । १ जनाको रक्तदानले ३ जनाको जीवन बचाउन सक्ने कुरालाई विचार गर्दा, योचाहिँ करिब ४,०२,००० जनाको अमूल्य जीवन बचाउन सफल उपलब्धि हो ।
ख्रीष्टको प्रेमको उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले छिमेकी तथा समाजको भलाइको निम्ति विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । नेपालमा पनि मण्डलीले भूकम्पले क्षतिग्रस्त ठाउँमा मर्मत सम्भार, नयाँ विद्यालय भवन निर्माण सहयोग, रक्तदान कार्यक्रम, वातावरण सरसफाइ लगायत विभिन्न स्वयंसेवाका गतिविधिहरू सञ्चालन गर्दैआएको छ । मण्डलीले काठमाडौँ, ललितपुर, भरतपुर र नेपालगञ्ज क्षेत्रका वन, खोला तथा सहरहरूमा सरसफाइ गतिविधिहरू गरेर जनकल्याण प्रवर्धनमा योगदान पुऱ्याएको छ । त्यसै गरी कार्बन उत्सर्जन कम गर्ने पहल ‘आशाको वन’ अभियानमार्फत जैविक विविधताको संरक्षण गर्न मण्डलीले नेपालभरि करीब १,१५० वटा वृक्षहरू रोपेको छ । नेपालमा गत डिसेम्बर महिनासम्म ५४,१५३ जनाले ९८९ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् । यस किसिमको मानव कल्याणका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गर्दै समर्थन जनाएको छ ।
विश्वका १७५ वटा देशका ७,८०० भन्दा बढी ठाउँहरूमा स्थापित परमेश्वरको मण्डलीले बाइबलले गवाही दिएको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर” भन्ने ख्रीष्टको शिक्षालाई पछ्याउँदै परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत, शैक्षिक सहयोग, सांस्कृतिक आदानप्रदान कार्यक्रम जस्ता सामाजिक योगदानका गतिविधिहरू विश्वभरि ४४,००० भन्दा बढी आयोजना गरिसकेको छ । यस्तो समर्पित प्रयासका लागि, मण्डलीलाई तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक र देशकै सर्वोत्कृष्ट वातावरण अवार्ड र ब्राजिल विधायिकी योग्यता पदक गरी ५,६०० वटाभन्दा अवार्डद्वारा सम्मानित गरिएको छ ।






-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 344154












