
जन आवाज न्युज/भक्तपुुर । भक्तपुरमा दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने भएको छ ।
उक्त महोत्सवमा आकर्षणको रुपमा ‘लन्डन ब्रिज’ राखिने आयोजकले जानकारी दिएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका संयोजक दीपक थापले महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ राखिने बताउनुभयो ।
यसका साथै महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरू व्यवस्था गरिनेछ, संयोजक थापाले भन्नुभयो-नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर भक्तपुरमा आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको आयोजनामा महोत्सव सल्लाघारीको चौउरमा ११ दिनसम्म महोत्सव संचालन हुने संयोजक थापाले जानकारी दिनुभयो ।
“भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ विगत वर्षहरूदेखि निरन्तर रूपमा यो महोत्सव आयोजना गर्दै आएका छौं,” संयोजक थापा बताउदै उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने आयोजको तयारी छ । साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्धन गर्नु पनि महोत्सवको अर्को मुख्य उद्देश्य रहेको संयोजक थापाले बताउनुभयो ।
महोत्सको स्टलहरूमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकरि दिदै विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति (विशेष कन्सर्ट) दैनिक रूपमा आयोजना हुने अध्यक्ष महतले बताउनुभयो।
यस महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने आयोजकको तयारी छ ।
आगामी चैत्र २६ गतेदेखि नयाँ वर्षको वैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा रहेका स्टलबाट करिब ५ करोडको व्यापार हुने र २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
महोत्सव हेर्न काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रापेछाप, सिन्धुलीलगायतका जिल्लाबाट स्थानियहरु आउने गरेका छन् । महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू रहने छन् । प्रवेश शुल्क विद्यार्थीका लागि रु. ५० तथा सर्वसाधारणका लागि रु. १०० टिकट दर निर्धारण गरिएको छ । २०८२ बैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति हुने सांस्कृतिक कार्यक्रम (कन्सर्ट) आयोजना गर्ने निर्देशक सुनिल बज्राचार्यले जानकारी दिनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 338224






