फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यास पनि महँगियो | Jana Aawaj News

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यास पनि महँगियो

पढ्न लाग्ने समयः < 1 मिनेट
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यास पनि महँगियो : Jana Aawaj News
Oplus_16908288

जन आवाज न्युज/काठमाडौं चैत्र, २७ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बिहीबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिशिलिन्डर १०० रुपैयाँ मूल्य बढाइएको हो।

यसैगरी हवाई इन्धनतर्फ र आन्तरिकतर्फ ६ रुपैयाँ बढाइएको निगमले बताएको छ । मूल्य बढेसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा २१६.५०, दोस्रो वर्गमा २१८ र तेस्रो वर्गमा २१९ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा २०४.५०, दोस्रो वर्गमा २०६ र तेस्रो वर्गमा २०७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य २०१० (१४.२ केजी), १००५ (७.१ केजी) पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ २५७ रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ ।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न