विनायक शिक्षा निकेतनमा दीक्षान्त समारोह सम्पन्न | Jana Aawaj News

विनायक शिक्षा निकेतनमा दीक्षान्त समारोह सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
विनायक शिक्षा निकेतनमा दीक्षान्त समारोह सम्पन्न : Jana Aawaj News
Oplus_16908288

भक्तपुर । विनायक शिक्षा निकेतनमा पूर्व प्रावि तह अध्ययन पूरा गरेका विद्यार्थीहरूका लागि बिहिवार एक विशेष दीक्षान्त समारोह आयोजना गरिएको छ । समारोहमा कुल ६० जना विद्यार्थीलाई दीक्षित गरिँदै प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ की वडा सदस्य अरुणा कारणजीतले दीक्षित विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालयकी प्रबन्धक शोभा प्रजापतिले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापप्रति प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अभिभावकहरू महेश प्रजापति, सोनी मानन्दर र लिना प्रजापतिले पनि शुभकामना मन्तव्य व्यक्त गरेको थियो । संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयले शैक्षिक ज्ञानसँगै संस्कार र सर्वाङ्गिण विकासमा जोड दिँदै आएको जानकारी दिनुभयो ।

पूर्व प्रावि तहका संयोजक पदमा श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न