परमाणु बमका पिताको नामबाट चिनिने एक्यू खानको निधन | Jana Aawaj News

परमाणु बमका पिताको नामबाट चिनिने एक्यू खानको निधन

पढ्न लाग्ने समयः < 1 मिनेट
परमाणु बमका पिताको नामबाट चिनिने एक्यू खानको निधन : Jana Aawaj News

एजेन्सी । पाकिस्तानी परमाणु बमका पिता भनेर चिनिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ । उनी कोभिड सङ्क्रमणका कारण अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि उनलाई राष्ट्रिय नायक मानिदै आएको छ । साथसाथै उनीमाथि उत्तर कोरिया र इरानलाई परमाणु हतियारका गोप्य जानकारी दिएको आरोप पनि लगाइदै आएको छ ।

प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै पाकिस्तानले राष्ट्रिय विभूति गुमाएको बताउर्दैं हामीलाई परमाणु हतियार राज्य बनाउन उनले महत्वपूर्ण भूमिका खेलेका कारण हाम्रो देशले उनीलाई माया गर्छ । एक्यू खानका नामले चिनिने उनले इस्लामाबाद नजिकै कहुटामा पाकिस्तानको पहिलो परमाणु केन्द्र स्थापना गर्न महत्वपूर्ण भूमिका रहेको बताइदै आएको छ ।

सन् १९९८ मा पाकिस्तानले पहिलो परमाणु परीक्षण गरेको थियो । भारतले परमाणु परीक्षण गरेको केही समयपछि प्राप्त सफलताले भारतलाई विश्वको सातौँ पारमाणविक शक्ति राष्ट्र बनायो र देशभरि विजयोत्सव समेत मनाइएको थियो । यस्तै सन् २००४ मा उनलाई इरान, लिबिया र उत्तर कोरियालाई गैरकानुनी रूपमा परमाणु प्रविधिबारे जानकारी दिएको आरोपमा गिरफ्तारीमा समेत परेका थिए ।

खानलाई तत्कालीन राष्ट्रपति परवेज मुसर्रफले माफी दिए पनि सन् २००९ सम्म उनी घरमै नजरबन्दमा राखिएको बताइएको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न