घट्यो ग्लोबल आइएमई बैंकको लाभांश | Jana Aawaj News

घट्यो ग्लोबल आइएमई बैंकको लाभांश

पढ्न लाग्ने समयः < 1 मिनेट
घट्यो ग्लोबल आइएमई बैंकको लाभांश : Jana Aawaj News

काठमाडौं । ग्लोबल आइएमई बैंकले लिमिटेडले गत आर्थिक वर्ष २०७७ र ७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको बताइएको छ । वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै चुक्ता पूँजी रहेको उक्त बैंकको सञ्चालक समितिको सोमबार बिहान सम्पन्न बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.५ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकको सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउने बताइएको छ । यस्तै बैंकको अघिल्लो आर्थिक वर्षमा १४ प्रतिशत बोनस र कर प्रयोजन सहित २ प्रतिशतका दरले नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो भने, अघिल्लो आवको तुलनामा बैंकले २.५० प्रतिशत कम लाभांश प्रस्ताव गरेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
2 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
3 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
4 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न