आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै | Jana Aawaj News

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे, प्रतिनिधि सभाकोे २ बजे

पढ्न लाग्ने समयः < 1 मिनेट
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै : Jana Aawaj News

काठमाण्डौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्ने बताइएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने भ्एको छ, भने प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जानकारी गराएको छ ।

मङ्गलबार बस्न लागेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिलिल्सनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री देउवाले सत्तागठबन्धनका दलहरूलाई समेटेर मन्त्रीपरिषदलाई पूर्णता दिएपछि मन्त्रिपरिषदमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई समेत भाग छुट्याइएको भन्दै गठबन्धनका दलहरूनै असन्तुष्ट व्यक्त गरेका थिए । असुन्तुष्ट र आलोचना भएपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री बनेका गजेन्द्र हमालले हिजो नै पदबाटै राजिनामा समेत दिएका छन् । हमाल नातामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामा जेठान हुन् । आज बस्न लागेको सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७ र ०७८ मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७७ र ०७८ र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७६ र ०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको बताइउको छ ।

आजै बस्ने बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङले अध्यागमन विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले राष्ट्रिय सभा र प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक २०७६ लाई फिर्ता गर्न सभाको सहमतिको लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सभामुख र प्रधानमन्त्रीले लगातार सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई बोलाए पनि एमालेले सबै बैठक अस्वीकार गर्दै प्रतिनिधिसभाको नवौँ अधिवेशनको सुरूवातदेखिनै अवरोध जनाउदैं आएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न