प्याब्सन भक्तपुरको आयोजनामा दशैंको शुभकामना आदानप्रदान | Jana Aawaj News

प्याब्सन भक्तपुरको आयोजनामा दशैंको शुभकामना आदानप्रदान

पढ्न लाग्ने समयः < 1 मिनेट
प्याब्सन भक्तपुरको आयोजनामा दशैंको शुभकामना आदानप्रदान : Jana Aawaj News

भक्तपुर । प्याब्सन भक्तपुरको आयोजनामा दशैंको शुभकामना आदानप्रदान तथा भक्तपुर जिल्लाका प्याब्सन अन्तर्गत विद्यालयका प्रिन्सिपलहरुबीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई नागरिकको अभिन्न अंगको रुपमा विकास गर्न खेलकुद प्रशिक्षणलाई निरन्तता दिंदै थप खेलहरूको प्रशिक्षण पनि सुरु गरेको बताउनुभयो । कोभिड महामारीबीच भक्तपुर नपाले स्थापना गरेको अक्सिजन प्लान्ट निर्माणमा प्याब्सनले गरेको सहयोगको लागि धन्यवादज्ञापन गर्नुहुँदै प्रमुख प्रजापतिले सबैको साथ र सहयोगकै कारण नगरपालिकालाई आफ्नो गतिविधि सञ्चालन गर्न हौसला प्रदान भएको बताउनुभयो ।

भक्तपुरको सन्तुलित विकासमा ध्यान दिँदै नगरपालिकाले विविध विकास निर्माणका कार्यहरु गर्दै आएको र देशको राजनीति राम्रो भए देशको विकास र समृद्धि पनि सम्भव हुने बताउनुभयो । वर्तमान राजनीति घटनाक्रमबारे आफ्नो धारणा राख्दै प्रमुख प्रजापतिले न्यायालयप्रतिको जनताको विश्वास घट्दै वर्तमान अवस्थामा शासक दलका नेताहरुले नेपालको सार्वभौमिकतामाथि खतरा पैदान हुने खालका गतिविधिमा सक्रियता बढाइरहेकोमा आपत्ति जनाउनुभयो ।

प्याब्सन भक्तपुरका नगर अध्यक्ष रमेशचन्द्र श्रेष्ठले भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा स्थापित गर्न भक्तपुर प्याब्सन अन्तर्गतका विद्यालयहरुले आवश्यक भूमिका खेलिरहेको बताउनुहुँदै प्रअहरुबीचको आत्मीयता र सौहार्दताको लागि खेलकुद प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । कार्यक्रममा प्याब्सन भक्तपुर जिल्लाका सल्लाहकार भक्त राजभण्डारी र कृष्ण केसी, उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ र इजी पायोनियरका प्रिन्सिपल विजेन्द्र ध्वजुले भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा स्थापित गर्नका लागि हामी सबैको सहकार्य र सहयोगले सम्भव हुने बताउनुभएको थियो ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न