
भक्तपुर । नेकपा एमालेका युवा नेता पूर्वमन्त्री एंव भक्तपुर क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बस्नेतले गृहमन्त्री बालकृष्ण खाडको राजिनामा माग्नुभएको छ । हिजो गृहमन्त्रीकै जिल्लामा भुमिहिन सुकुम्बासी जनतालाई दमन गरि ४ जना सुकुम्बासी जनतालाई गोली हानी हत्या गरिएको छ ।
आफ्ना नागरिकका आवाजलाई अरु माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा प्रशासनद्धारा उर्दि जारी गरि गोली हान्न आदेश दिने गृहमन्त्रीको सर्वत्र रुपमा अहिले विरोध भैरहेको छ । कांग्रेस भित्रैबाट सरकार र गृहमन्त्रीको चर्को आलोचना भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले यसलाई गम्भीर रुपमा लिई सरकारलाई जनता मार्ने छुट नभएको भनी चेतावनी दिएको छ । उक्त दलकै युवा नेता एवं पुर्वमन्त्री महेश बस्नेतले आफ्नो फेसबुक पेज मार्फत गृहमन्त्रीको राजिनामा माग्नुभएको हो ।
यस्तो छ फेसबुक स्टाटस

- 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 - 
        Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
 





 Total views : 295845
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


