गृहमन्त्रीले राजीनामा दिनुपर्ने एमालेका युवा नेता महेश बस्नेतको माग | Jana Aawaj News

गृहमन्त्रीले राजीनामा दिनुपर्ने एमालेका युवा नेता महेश बस्नेतको माग

पढ्न लाग्ने समयः < 1 मिनेट
गृहमन्त्रीले राजीनामा दिनुपर्ने एमालेका युवा नेता महेश बस्नेतको माग : Jana Aawaj News

भक्तपुर । नेकपा एमालेका युवा नेता पूर्वमन्त्री एंव भक्तपुर क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बस्नेतले गृहमन्त्री बालकृष्ण खाडको राजिनामा माग्नुभएको छ । हिजो गृहमन्त्रीकै जिल्लामा भुमिहिन सुकुम्बासी जनतालाई दमन गरि ४ जना सुकुम्बासी जनतालाई गोली हानी हत्या गरिएको छ ।

आफ्ना नागरिकका आवाजलाई अरु माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा प्रशासनद्धारा उर्दि जारी गरि गोली हान्न आदेश दिने गृहमन्त्रीको सर्वत्र रुपमा अहिले विरोध भैरहेको छ । कांग्रेस भित्रैबाट सरकार र गृहमन्त्रीको चर्को आलोचना भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले यसलाई गम्भीर रुपमा लिई सरकारलाई जनता मार्ने छुट नभएको भनी चेतावनी दिएको छ । उक्त दलकै युवा नेता एवं पुर्वमन्त्री महेश बस्नेतले आफ्नो फेसबुक पेज मार्फत गृहमन्त्रीको राजिनामा माग्नुभएको हो ।

यस्तो छ फेसबुक स्टाटस

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न