
काठमाडौं । पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखरास्थित हरि चोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको बताइएको छ । जीपमा चालक सहित १० जना यात्रु सवार रहेको बताइउको छ ।
उक्त दुर्घटनमा एक जना जीवितै उद्धार गरिएको बताइएको छ । सोहि घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको बताइएको छ । घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जिप तल मोदी खोलामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको सनाखत हुन सकेको छैन् भने, यद्यपि दसैँको छुट्टीमा पदयात्रामा हिँडेकाहरू दुर्घटनामा परेको अनुमान गरिएको छ । अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295829



