घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु | Jana Aawaj News

घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु : Jana Aawaj News

काठमाडौं । पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखरास्थित हरि चोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको बताइएको छ । जीपमा चालक सहित १० जना यात्रु सवार रहेको बताइउको छ ।

उक्त दुर्घटनमा एक जना जीवितै उद्धार गरिएको बताइएको छ । सोहि घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको बताइएको छ । घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जिप तल मोदी खोलामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको सनाखत हुन सकेको छैन् भने, यद्यपि दसैँको छुट्टीमा पदयात्रामा हिँडेकाहरू दुर्घटनामा परेको अनुमान गरिएको छ । अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको छ ।

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न