आजको बैठकमा एमालेको नारा गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन | Jana Aawaj News

आजको बैठकमा एमालेको नारा गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन

पढ्न लाग्ने समयः < 1 मिनेट
आजको बैठकमा एमालेको नारा गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन : Jana Aawaj News

काठमाडौं । आज बसिरहेको प्रतिनिधि सभा बैठकमा एमालेले नयाँ नारा लगाउदै अवरोध गरेकोे छ । सभामुखले पक्षपात गरेको र माधव नेपालहरुको संसदमा उपस्थितिलाई एमालेले गैर सांसदको प्रवेश गरेको भन्दै विरोध जनाएका छन् ।
मङ्गलबार बसिरहेको बैठकमा एमालेले कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैन भन्ने नारासँगै गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्दै नारा लगाएका छन् ।

रूपन्देहीको मोतीपुरमा भएको घटनामा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा आइतबार ४ जनाले ज्यान गुमाएका थिए । उक्त मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीको टहरा हटाउन गएका प्रहरी माथि सुकुम्बासीले ढुङ्गामुढा गरेपछि झडप हुँदा झडपमा प्रहरी र सुकुम्बासी घाइते भएका थिए ।
लगातार एमाले सांसदको विरोध भएता पनि नाराबाजी भइरहँदा दुवै संसदको बैठक भने, अघि बढ्दै आएको छ । यता प्रतिनिधि सभाको बैठक कात्तिक ९ गतेसम्मका लागि स्थगित गरिएको छ । राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताइएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न