
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारको ध्यान कोरोना भाइरस नियन्त्रणमा रहेकोे बताउनुभएको छ ।
आज हेटौंडामा भएको एक कार्यक्रममा मन्त्री खतिवडाले ४० लाख डोज अमेरिकी खोपका लागि सम्झौता भइसकेको र अर्को ६० लाख डोजको प्रक्रिया चलिरहेको बताउदैं बालबालिकाको लागि समेत १ करोड खोपको व्यवस्था गरिने जानकारी गराउनुभयो ।
राजनीतिमा लागेको ३० वर्षपछि मन्त्री बनेका खतिवडाले कोरोना भाइरसको सम्भावित तेस्रो लहर मध्यनजर गरी १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप लगाउने काम भएको समेत उक्त कार्यक्रम मार्फत जानकारी गराउनुभयो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295726



