जम्मु–कस्मिरमा भारतीय सेना र आतंकवादीबीचको भिडन्तमा २२ जनाको मृत्यु | Jana Aawaj News

जम्मु–कस्मिरमा भारतीय सेना र आतंकवादीबीचको भिडन्तमा २२ जनाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
जम्मु–कस्मिरमा भारतीय सेना र आतंकवादीबीचको भिडन्तमा २२ जनाको मृत्यु : Jana Aawaj News

एजेन्सी । भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा गत सोमबारदेखि सेना र अतिवादी समूहबीच लडाइँको क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको बताइएको छ ।
बीबीसी हिन्दीले जानकारी गराएअनुसार भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेपछि भारतीय सेनाका ९ जना र अतिवादी समूहका १३ जना मारिएको भारीतय सेनाले दाबी गरेको हो । यस्तै अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए भने, दोस्रो दिनमा फेरि थप दुई जवान मारिएको बताइएको छ ।
सेना र आतंकवादी समूहबीच अहिले पनि पुँछ र राजौरीको घना जंगलमा लडाइँ चलिरहेको बीबीसी हिन्दीले जानकारी गराएको छ ।

यसबीच कस्मिरको कुलमागमा आइतबार गोली हानेर दुई जना गैरकस्मिरी नागरिकको हत्या गरिएको समेत बताएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आतंकवादीद्वारा उत्तर प्रदेशको सहरानपुरका सगिर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्द कुमार साह मारिएको बताइएको छ । त्यसअघि शनिबार पनि आतंकवादीले दुई जना मजदुरको हत्या गरेका छन् । सर्वसाधारणको हत्याले कस्मिरका राजनीतिक दल आक्रोशित भएका छन् । यसपछि भारतीय सुरक्षा बलले थालेको अपरेसन अभियानका क्रममा १३ जना आतंकवादी मारिएको दाबी गरिएको छ ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न