आज देशका विभिन्न स्थानमा पानी पर्ने सचेत हुन आग्रह | Jana Aawaj News

आज देशका विभिन्न स्थानमा पानी पर्ने सचेत हुन आग्रह

पढ्न लाग्ने समयः < 1 मिनेट
आज देशका विभिन्न स्थानमा पानी पर्ने सचेत हुन आग्रह : Jana Aawaj News

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।
महाशाखाको अनुसार सोमबार बिहान देशका अधिकांश भू–भागमा मौसम सामान्य बदली रहि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भने भीषण वर्षा भएको छ ।

आज दिउँसो भने देशका अधिकांश स्थानमा मौसम बदली भई वर्षा हुने महाशाखाले जनकारी गराएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।

आज राति प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भीषण भारी वर्षाको सम्भावाना रहेकोले सचेत हुन आग्रह गरिएको छ ।

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न