खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण | Jana Aawaj News

खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण

पढ्न लाग्ने समयः 2 मिनेट
खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण : Jana Aawaj News

नबराज काफ्ले
जन आवाज न्युज/भक्तपुर ।मिडियाको एउटा सनसनीपूर्ण समाचार वा गम्भीर दृश्यले कसैको जीवन जोखिममा पार्न सक्छ भने, जिम्मेवार र संवेदनशील रिपोर्टिङले कसैको अमूल्य जीवन जोगाउन सक्छ।” काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटको आयोजना एवं नेपाल पत्रकार महासंघ भक्तपुरको समन्वयमा सोमबार आयोजित ‘मानसिक स्वास्थ्य तथा जिम्मेवार मिडिया रिपोर्टिङ’ विषयक अन्तरक्रिया कार्यक्रममा मानसिक स्वास्थ्य विशेषज्ञहरूले सो कुरा बताएका हुन् ।

भक्तपुर जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा मानसिक स्वास्थ्यका सूचकहरू, तनाव व्यवस्थापन र संकटका बेला मिडियाले अपनाउनुपर्ने संवेदनशीलतामा गहन छलफल भएको थियो ।

कार्यक्रममा केएमसीका चिकित्सक डा. सुजिता खड्काले पत्रकारहरू आफैं पनि निरन्तरको तनावपूर्ण काम, दुर्घटना वा हिंसात्मक घटना कभर गर्दा मानसिक दबाबमा रहने भएकाले सर्वप्रथम आफ्नो मानसिक स्वास्थ्य (Self-care) मा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विशेष गरी आत्महत्या, विपद् र दुर्घटनाका समाचार कभर गर्दा ‘हानि नपुर्‍याउने’ (Do No Harm) सिद्धान्त पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

“हामीले आत्महत्याको समाचार लेख्दा कस्तो तरिका वा साधन प्रयोग गरियो भनेर नालीबेली वर्णन गर्नु हुँदैन,” डा. खड्काले भन्नुभयो, “यस्ता समाचारमा व्यक्ति वा परिवारको निजी शोकलाई मनोरञ्जनको विषय बनाउनुको सट्टा सहयोग पाउने ठाउँहरू र राष्ट्रिय हेल्पलाइन ११६६ जस्ता सूचना समावेश गर्नुपर्छ ।” उहाँले विश्व स्वास्थ्य संगठन (WHO) र डाट सेन्टर फर जर्नालिज्मका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बालबालिका, लैङ्गिक हिंसाका पीडित र शोकाकुल परिवारसँग अन्तर्वार्ता लिँदा काउन्सिलिङ र सहानुभूतिपूर्ण भाषा प्रयोग गर्न आग्रह गर्नुभयो ।

अर्का प्रमुख प्रशिक्षक डा. शुभेच्छा गौतमले समाजमा मानसिक समस्यालाई लिएर अझै पनि कलंक र गलत धारणा (Stigma) कायम रहेकाले मिडियाले सही शब्द चयन गर्नुपर्ने बताउनुभयो । ‘पागल’ वा ‘साइको’ जस्ता अपमानजनक शब्दको सट्टा ‘मानसिक स्वास्थ्य समस्या/अवस्था’ वा ‘परामर्श लिइरहेका व्यक्ति’ जस्ता शब्द प्रयोग गर्दा समाजमा सचेतना फैलिने उहाँको भनाइ थियो । उहाँले २ हप्ताभन्दा बढी देखिने निद्राको समस्या, अत्यधिक चिन्ता र निराशालाई बेवास्ता नगरी समयमै विशेषज्ञको परामर्श लिनुपर्ने बताउनुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा केएमसी अस्पताल र पत्रकार महासंघ भक्तपुरबीच पत्रकार तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट दिने ७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । कार्यक्रममा केएमसीका रञ्जित खतिवडाले सहजीकरण गर्नुभएको थियो भने पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले समाज र पत्रकार दुवैको स्वास्थ्यप्रति केएमसीले देखाएको अग्रसरता सराहनीय रहेको बताउनुभयो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न