ASEZ WAO द्वारा थानकोटको मङ्गलोदय माध्यामिक विद्यालयमा ‘प्लास्टिकमुक्त २०४०’ सेमिनार सम्पन्न | Jana Aawaj News

ताजा


ASEZ WAO द्वारा थानकोटको मङ्गलोदय माध्यामिक विद्यालयमा ‘प्लास्टिकमुक्त २०४०’ सेमिनार सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
ASEZ WAO द्वारा थानकोटको मङ्गलोदय माध्यामिक विद्यालयमा ‘प्लास्टिकमुक्त २०४०’ सेमिनार सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले बिहिबार ‘प्लास्टिकमुक्त २०४०’ अन्तर्गत सतुंगलस्थित चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोट, काठमाडौँमा रहेको श्री मङ्गलोदय माध्यामिक विद्यालयमा ‘प्लास्टिकमुक्त २०४०’  वातावरणीय सेमिनार सम्पन्न गरेको छ ।

प्लास्टिक प्रदूषणको गम्भीरताबारे सचेतना फैलाउन तथा भावी पुस्तामा वातावरण संरक्षणसम्बन्धी व्यवहारलाई विस्तार गर्ने उद्देश्यले एक कार्यक्रम आयोजना गरिएको थियो ।सतुंगल,परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले ६ तारिख बिहिबारको दिन बाग्मती प्रदेशको चन्द्रागिरिस्थित मङगलोदय माध्यमिक विद्यालयको सेमिनार हलमा ‘प्लास्टिकमुक्त २०४० सेमिनार’ आयोजना गरेको हो ।

ASEZ WAO ले सन् २०४० सम्म प्लास्टिक प्रदूषणको अन्त्य गर्ने लक्ष्यसहित विश्वका विभिन्न स्थानहरूमा फोरम, सेमिनार, वातावरणीय सरसफाइ अभियान तथा जनचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्दैआएको छ । यस कार्यक्रममा विशेष गरी युवापुस्तासँग प्लास्टिक प्रदूषणसम्बन्धी साझा समझदारी विस्तार गर्नुका साथै स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गरेको थियो ।

कार्यक्रममा ४६ जना विद्यार्थीसहित करिब ६३ जनाको सहभागिता रहेको थियो । मङगलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कबिन्द्र गोपालीले “ASEZ WAO का सम्पूर्ण सदस्यहरूलार्इ यो मङ्गलोदय माध्यमिक विद्यालयको तर्फबाट हार्दिक स्वागत साथै धन्यवाद ज्ञापन गर्न चाहन्छु भन्नुभयो।उपस्थित हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई प्लास्टिक कति धेरै खतराजन्य वस्तु हो जुन कुहिनको लागि ५०० वर्ष लाग्छ ।प्लास्टिकले गर्दाखेरि छरछिमेकी, विद्यालयमा र यो पृथ्वीमा जुन असर परेको छ,अब हामी आफ्नो टोल छिमेकीमा पनि यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरा जसरी आज सिकेका छौं,ती कुराहरु आफूभित्र मात्र नराखिकन त्यसलाई विद्यालयमा,टोल छिमेकमा प्रयोग गरौँ भन्नुहुँदै प्लास्टिक फ्री २०४० अभियानलाई  हामी एकजुट भर्इ पूरा गर्न सक्छौं ” भन्दै कार्यक्रमको उद्देश्यप्रति आफ्नो समर्थन व्यक्त गरे र मङगलोदय माध्यमिक विद्यालयका तर्फबाट ASEZ WAO का सदस्यहरूलार्इ प्रशंसा पत्र प्रदान गर्नुभयो।

सेमिनारको पहिलो चरणमा ‘प्लास्टिकमुक्त २०४०’ अभियानको परिचय दिने प्रस्तुति गरियो ।  प्रस्तुतिमार्फत ASEZ WAO ले, प्लास्टिक प्रदूषणले वातावरण र मानवजातिमा पार्ने प्रभावका साथै विश्वका विभिन्न स्थानहरूमा प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि सञ्चालन गरिएका अभियानहरूको उद्देश्य र उदाहरणहरू प्रस्तुत गऱ्यो ।  सहभागीहरूले प्लास्टिकको प्रयोग घटाउन व्यक्तिगत तथा स्थानीय समुदायले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि सँगै छलफल गरे । कार्यक्रमको अन्त्यमा ASEZ WAO को गायन समूहले वातावरण संरक्षणको प्रतिबद्धता व्यक्त गर्ने आफ्नै सिर्जनाको गीत प्रस्तुत गर्दै सहभागीहरूको उत्साहजनक प्रतिक्रिया प्राप्त गऱ्यो ।

ASEZ WAO का एक प्रतिनिधिले भने, “यस सेमिनारमार्फत भावी पुस्ताले प्लास्टिक प्रदूषणको समस्याबारे सचेत भई दैनिक जीवनमा वातावरण संरक्षणलाई व्यवहारमा उतार्ने अवसर मिलोस् भन्ने हाम्रो अपेक्षा छ । आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै प्लास्टिक प्रदूषणरहित पृथ्वी निर्माणका लागि निरन्तर प्रयास गर्नेछौं ।” भन्नुभयो ।

कार्यक्रममा सहभागी ४६ जना विद्यार्थीहरूले खुशी हुँदै “प्लास्टिकमुक्त २०४०-हामी सँगै मिलेर पूरा गर्नेछौं” भने । ASEZ WAO का सदस्यहरू ले पनि, “हामीले प्लास्टिकमूक्त २०४० सपना मात्रै देखेका होइनौँ तर यसलार्इ पूरा गर्न हामी आमाको जस्तै मन लिएर अघि बढिरहेका छौं” भन्दै वातावरण संरक्षणसम्बन्धी गतिविधिलाई निरन्तर अघि बढाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे ।

ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं(Save the Earth from A to Z, We Are One Family)’ भन्ने अर्थ रहेको छ । यस सङ्गठनले विश्वभरिका देशहरूमा ‘Green Earth(सडक तथा पार्क सरसफाइ)’बाट सुरु गरेर ‘Blue Ocean(नदी, खोला तथा समुद्र सरसफाइ)’ ‘Mother’s Forest(वृक्षारोपण)’ जस्ता वातावरण संरक्षणका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दैआएको छ । यसको मान्यतास्वरूप सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट ८०० वटाभन्दा बढी अवार्डहरू पनि प्राप्त गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।

 

सङ्गठनले नेपालमा पनि स्थानीय वातावरण सुधारका लागि निरन्तर गतिविधिहरू सञ्चालन गर्दैआएको छ । ललितपुर, काठमाडौं, उदयपुर, नेपालगन्ज लगायत देशका विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गरी वातावरणलाई स्वच्छ र सुन्दर बनाइएको छ । यसका लागि टोखा नगरपालिकाका उपप्रमुखबाट प्रशंसा-पत्र, ललितपुर महानगरपालिका वडा नं. ८ का वडाध्यक्षबाट प्रशंसा-पत्र तथा हेटौँडा उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्षबाट प्रशंसा-पत्र लगायतका सम्मानहरू प्राप्त भएको छ ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा थानकोटको मङ्गलोदय माध्यामिक विद्यालयमा ‘प्लास्टिकमुक्त २०४०’ सेमिनार सम्पन्न
2 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
3 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
4 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न