
काठमाडौं । नेपालमा लक्षित जनसंख्या मध्य अहिलेसम्म ३२.६ प्रतिशतले कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म ६४ लाख ८५ हजार ९२३ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।
नेपालमा हाल खोप अभियान सुरू भएदेखि अहिलेसम्म १ करोड ५० लाख ४८ हजार २८८ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले बताएको छ ।
यस्तै नेपालमा १८ वर्ष भन्दा माथिका ४३.६ प्रतिशत जनसंख्याले खोपको पहिलो मात्रा लगाइएका छन् । जुन ८५ लाख ६२ हजार ३६५ जना हुन आउँछ । कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।
केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार नेपालको कूल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जनाको २१.४ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् भने, २८.२ प्रतिशतले पहिलो मात्रा लगाएको बताइएको छ ।
हाल नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका जापानी कोभिड १९ एस्ट्राजेनिका र स्वीडिस एस्ट्राजेनिका र जोनसन एण्ड जोनसन खोप लगाइदैं आएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295781



