नेपालमा ३२.६ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप | Jana Aawaj News

नेपालमा ३२.६ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपालमा ३२.६ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप : Jana Aawaj News

काठमाडौं । नेपालमा लक्षित जनसंख्या मध्य अहिलेसम्म ३२.६ प्रतिशतले कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म ६४ लाख ८५ हजार ९२३ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।
नेपालमा हाल खोप अभियान सुरू भएदेखि अहिलेसम्म १ करोड ५० लाख ४८ हजार २८८ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले बताएको छ ।

यस्तै नेपालमा १८ वर्ष भन्दा माथिका ४३.६ प्रतिशत जनसंख्याले खोपको पहिलो मात्रा लगाइएका छन् । जुन ८५ लाख ६२ हजार ३६५ जना हुन आउँछ । कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार नेपालको कूल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जनाको २१.४ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् भने, २८.२ प्रतिशतले पहिलो मात्रा लगाएको बताइएको छ ।

हाल नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनेका जापानी कोभिड १९ एस्ट्राजेनिका र स्वीडिस एस्ट्राजेनिका र जोनसन एण्ड जोनसन खोप लगाइदैं आएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य
2 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
3 गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट
4 क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न