सुन्दरहरैँचाको खोर्सानी बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न | Jana Aawaj News

सुन्दरहरैँचाको खोर्सानी बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
सुन्दरहरैँचाको खोर्सानी बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/सुन्दरहरैँचा, मोरङ, भदौ ७ गते । ​सुन्दरहरैँचा सियोन तथा सुन्दरहरैँचा डब्लुएम (WM) का सदस्यहरूको संयुक्त आयोजनामा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ स्थित खोर्सानी बजार क्षेत्रमा एक बृहत् सरसफाइ कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ।
खोर्सानी हटियादेखि मुख्य चोकसम्म सञ्चालन गरिएको उक्त सरसफाइ अभियानमा स्थानीय वातावरणलाई स्वच्छ र हराभरा बनाउने उद्देश्य राखिएको थियो।
कार्यक्रममा वडाका जनप्रतिनिधिहरू तथा स्थानीय टोल विकास समितिका अध्यक्षहरूको बाक्लो उपस्थिति रहेको थियो। जनप्रतिनिधि र स्थानीय अगुवाहरूको सहभागिताले कार्यक्रमको शोभा बढाउनुका साथै समुदायमा सरसफाइप्रतिको सजगता थप अभिवृद्धि गरेको आयोजकले जनाएका छन्।
आफ्नो वरपरको क्षेत्र सफा र व्यवस्थित देखिएपछि स्थानीयवासी तथा छिमेकीहरू निकै खुसी र प्रसन्न देखिन्थे। स्थानीय क्षेत्रको स्वच्छताका लागि यस्ता सामुदायिक प्रयासहरूलाई निरन्तरता दिइनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डलीद्वारा ॐ शान्ति आधारभूत विद्यालयमा झोला वितरण
2 अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
3 प्रसादिको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न 
4 कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजद्वारा अभिनन्दन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न