टोखामा ASEZ WAO द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार र सरसफाइ कार्यक्रम सम्पन्न | Jana Aawaj News

टोखामा ASEZ WAO द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार र सरसफाइ कार्यक्रम सम्पन्न

५० बोरा फोहोर संकलन

पढ्न लाग्ने समयः 3 मिनेट
टोखामा ASEZ WAO द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार र सरसफाइ कार्यक्रम सम्पन्न : Jana Aawaj News

काठमाडौं । प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्ने र वातावरणीय सचेतना फैलाउने उद्देश्यका साथ टोखामा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार तथा विशेष सरसफाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे स्वयंसेवक समूह (ASEZ WAO) को आयोजनामा टोखा नगरपालिका वडा नम्बर १, झोरमा उक्त कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको हो।
कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष रमेश कुमार लामिछाने प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो। साथै, स्थानीय विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा प्रतिनिधिहरूको समेत कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो।
प्रमुख अतिथि र सहभागीको प्रतिबद्धता
सेमिनारमा वातावरणीय सन्तुलन कायम राख्न प्लास्टिकको प्रयोग घटाउने र सन् २०४० सम्म प्लास्टिकमुक्त समाज निर्माण गर्ने अवधारणामाथि छलफल गरिएको थियो। कार्यक्रमबाट प्रभावित भई प्रमुख अतिथि लामिछाने तथा उपस्थित प्रधानाध्यापकहरूले ASEZ WAO को यो कदमको उच्च प्रशंसा गर्नुभयो। उहाँहरूले आगामी दिनहरूमा पनि वातावरण संरक्षणका यस्ता उदाहरणीय कार्यहरूमा संस्थासँग निरन्तर सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

​५० बोरा फोहोर सङ्कलन
सेमिनारको समापनपछि स्वयंसेवकहरू तथा स्थानीय सहभागीहरू मिलेर झोर क्षेत्रको करिब एक किलोमिटर सडक खण्डमा सरसफाइ अभियान चलाएका थिए। उक्त सरसफाइका क्रममा सडक र वरपर फालिएका प्लास्टिक तथा अन्य अवाञ्छित फोहोर सङ्कलन गरी करिब ५० बोरा फोहोर व्यवस्थापनका लागि एकत्र गरिएको थियो।
युवा स्वयंसेवकहरूको यो सक्रियताले स्थानीय समुदायमा वातावरण स्वच्छ राख्न र प्लास्टिकको प्रयोग घटाउन ठूलो सकारात्मक सन्देश दिएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 टोखामा ASEZ WAO द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार र सरसफाइ कार्यक्रम सम्पन्न
2 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
3 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
4 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न