सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने  | Jana Aawaj News

सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने  : Jana Aawaj News
Oplus_16908288

भक्तपुर, भदौ १४ गते । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सूर्यविनायक नगरपालिकाले बाढीपीडितका लागि रु. ५५ लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा आइतबार बसेको नगर कार्यपालिकाको २१५औँ आकस्मिक बैठकले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

त्यस्तै, जनप्रतिनिधिहरूले आफ्नो साउन महिनाको सेवा सुविधाबाट समेत सहयोग गर्ने भएका छन्। नगर प्रमुखले रु. ३५ हजार, नगर उपप्रमुखले रु. १५ हजार, वडा अध्यक्षहरूले प्रतिव्यक्ति रु. १० हजार, कार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति रु. ६ हजार तथा वडा सदस्यहरूले प्रतिव्यक्ति रु. २ हजार ५ सय सहयोग गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित नागरिकको सुरक्षित पुनर्स्थापनाका लागि आवश्यक सहयोगमा सक्रिय रहने जनाएको छ।

साथै, विपद्को यस कठिन घडीमा नागरिक समाज, निजी क्षेत्र, संघ-संस्था तथा शुभेच्छुकहरूलाई आ-आफ्नो क्षेत्रबाट सम्भव सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न