अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न

१६२ जनाद्वारा रक्तदान

पढ्न लाग्ने समयः 4 मिनेट
अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न : Jana Aawaj News

चितवन, भदौ १४ गते । अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले बागमती प्रदेशको चितवन भरतपुरमा जीवन बचाउने उद्देश्यले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वी लभ यू फाउन्फेसनले भरतपुर वडा नं. १० स्थित भरतपुर महानगरपालिकाको भवनमा ९४२ औँ विश्वव्यापी रक्तदान कार्यक्रममा वीलभयूका सदस्यहरू र छिमेकीहरू गरी करिब २६० जना सहभागी भएका थिए ।

यस कार्यक्रमको उद्देश्य स्थानीय समुदायमा स्वैच्छिक रक्तदानको संस्कृति फैलाउनुका साथै रगतको आपूर्तिमा सहयोग पुऱ्याउनु थियो । एक व्यक्तिको रक्तदानले अर्को व्यक्तिको सहभागितालाई प्रेरित गर्दै जीवन बचाउने सहयोगको सकारात्मक चक्र निर्माण होस् भन्ने उद्देश्यले वीलभयूले ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सञ्चालन गर्दैआएको छ ।

वी लभ यू का एक प्रतिनिधिले भने, “रक्तदानका लागि आफ्नो अमूल्य समय निकालेर सहभागी हुनुभएका सबैप्रति हामी आभारी छौं । धेरै नागरिकहरू एउटै उद्देश्यका लागि एकजुट हुनुभएकोले यो कार्यक्रम स्थानीय समुदायका लागि न्यानो शक्ति बनोस् भन्ने आशा गर्दछौं । अनि अहिले नेपालमा आएको आकस्मिक, कहालीलाग्दो बाढीमा परि ज्यान गुमाएकाहरू प्रति समावेदना व्यक्त गर्नुका साथै शोकमा डुबेका परिवारहरूप्रति दुःख व्यक्त गर्नुभयो । घाइते अवस्थामा रहेकाहरूको सहज उपचार हुन भन्ने उद्देश्यका साथ यो रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । साथै विपतमा परेकाहरूलाई आवश्यकता अनुसार स्वयंसेवा गर्न तयार रहेको बताउनुभयो ।”

कार्यक्रम बिहान ११ बजेदेखि ४ बजेसम्म जारी रहेको थियो । सहभागीहरूले रक्तदानको प्रक्रियाअनुसार पालैपालो जीवन बचाउने कार्यमा सहभागिता जनाएका थिए। तीमध्ये कुल १६२ जनाले रक्तदान गरी ७२ हजार ९ सय एम.एल. रगत दान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाले रक्तदानको सम्पूर्ण प्रक्रियामा सहयोग गर्दै कार्यक्रमलाई साथ दिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर चित्रसेन अधिकारीले “बाढिको विपतको बेला, राष्ट्र रोइरहेको बेला, असंख्या घाईतेहरूलाई उपचार सहज हुने गरी यहाँहरूले महान र पवित्र कार्य गर्नुभएको छ । रक्तदान भनेको दान मध्येको उच्च दान, रक्तदान हो । किनकी यसले एउटा जोखिमा परेको जीवन बचाउँछ । आगामि दिनहरूमा पनि यस्तै महान कार्य गर्दै सहयोग गर्नुहोला ” भन्दै सहभागीहरूलाई प्रोत्साहन दिनुभयो ।

रक्तदान सम्पन्न गरेका निशा बगालेले “रक्तदान धेरै पटक गरेको भए पनि यो पटकको रक्तदान विशेष लाग्यो । कारण भरतपुर महानगरपालिकाले आफ्नै भवनमा स्वतन्त्र पूर्वक आयोजना गर्न दिएकोले आफ्नै भवनमा गरेजस्तै अपनत्वको भाव आयो । आकस्मिक आएको रसुवाको बाढिका कारण, देश विषम परिस्थितिमा रहेको बेला धेरैले ज्यान गुमाइकेको र धेरैलाइ रगत चाहिने भएकोले मैले दिएको रगतले कोहि न कोहि एकजनाको जीवन बाँच्नेछ भन्ने लागेको छ भन्दै आफ्नो अनुभव सुनाएका थिए ।

यस महिनामा वी लभ यू का रक्तदान कार्यक्रमहरू १९ तारिख किर्तिपुरमा, २० तारिख टीकापुरमा, २३ तारिख काठमाडौं र नेपालगन्जमा, २६ तारिख पोखराको लेखनाथमा, २७ तारिख भक्तपुरको चाँगुनारायणमा पनि आयोजना गरेको छ ।

वी लभ यू ले रक्तदान मात्र होइन, नेपालका विभिन्न स्थानमा वातावरण सरसफाइ, शिक्षा सहयोग तथा जोखिममा रहेका वर्गलाई सहायता प्रदान गर्ने जस्ता विविध कल्याणकारी गतिविधिहरू सञ्चालन गर्दैआएको छ । गण्डकी प्रदेशको गोरखा तथा बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमी लगायत क्षेत्रका विद्यालयहरूमा शैक्षिक प्रयोजनका लागि टेलिभिजन, स्कुल ब्याग, कपडा र पङ्खाजस्ता सामग्री सहयोग गर्नुका साथै विद्यालयको साइनबोर्ड जडान र पर्खाल मर्मत गरेर शैक्षिक वातावरण सुधार गर्नमा पनि योगदान पुऱ्याएको छ । त्यसैगरी वातावरणीय कल्याणकारी गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान (Mom’s Garden)’ परियोजनामार्फत दिगो जिउने वातावरण निर्माण गर्दै आएको वीलभयूले विपद्का समयमा राहत तथा पुनर्स्थापना कार्यमा पनि सहयोग पुऱ्याउँदै आएको छ । सन् २०१५ को महाभूकम्पका पीडितहरूका लागि राहत, भारी वर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण सहयोग तथा कोभिड-१९ महामारीका समयमा संक्रमण रोकथाम सामग्री प्रदान गर्ने जस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो ।

वी लभ यू ले सन् २००४ मा कोरियाबाट ‘विश्वव्यापी रक्तदान अभियान’ सुरु गरेर २० वर्षभन्दा बढी समयदेखि विश्वका विभिन्न देशहरूमा निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दैआएको छ । कोरिया सहित ६७ देशमा कुल १ लाख ५१ हजार ३७ जना सहभागी भएका छन् र ६७ हजार ८४८ जनाले रक्तदान गरेका छन् । एक पटकको रक्तदानले अधिकतम तीन जनाको जीवन बचाउन सकिने कुरालाई विचार गर्दा, करिब २ लाख मानिसको जीवन बचाउन योगदान पुऱ्याएको मान्न सकिन्छ (सन् २०२६ जुनसम्मको तथ्याङ्कको आधारमा) ।

संयुक्त राष्ट्रसंघको DGC (सार्वजनिक सूचना विभाग)सँग सहकार्य गर्ने एक गैरसरकारी संस्था अन्तर्राष्ट्रिय वीलभयूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत मानवीय गतिविधिहरू सञ्चालन गर्दछ । वीलभयूले १०२ देशमा वातावरण संरक्षण, आपत्कालीन राहत, पानी तथा सरसफाइको प्रत्याभूति, गरिबी तथा भोकमरी न्यूनीकरण, स्वास्थ्य सेवा, स्थानीय समुदाय कल्याण र शिक्षा सहयोग लगायत विभिन्न क्षेत्रमा ११,१०० पटक भन्दा बढी गतिविधि सञ्चालन गरिसकेको छ । यस्ता निःस्वार्थ गतिविधिहरूको कदरस्वरूप, वीलभयूले अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, गणतन्त्र कोरियाको पदक, इक्वेडरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता १,१०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । नेपालमा पनि काठमाडौं र कीर्तिपुरका मेयरहरूबाट प्रशंसा-पत्र तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट प्रशंसा-पत्र प्राप्त गरेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
3 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
4 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न