प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण | Jana Aawaj News

प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण : Jana Aawaj News

भक्तपुर, भदौ १४ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोटस्थित प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड (खाट) सौजन्यस्वरूप हस्तान्तरण गरिएको छ। प्रज्ञा इङ्गलिस सेकेन्डरी स्कुलको तर्फबाट प्रहरी प्रभागलाई सो सहयोग उपलब्ध गराइएको हो।
​

विद्यालयका प्रधानाध्यापक टंक प्रसाद सिटौलाको विशेष पहलमा उक्त बेडहरू हस्तान्तरण गरिएको हो। एक औपचारिक कार्यक्रमका बीच आयोजित हस्तान्तरण समारोहमा चाँगुनारायण-२ का वडा अध्यक्ष सोम प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डि.बि. थापा तथा प्रहरी प्रभाग दुवाकोटका प्रमुख लगायतको उपस्थिति रहेको थियो।
​

कार्यक्रमका वक्ताहरूले विद्यालय परिवारले देखाएको सामाजिक उत्तरदायित्व, सेवाभाव र सहयोगी भावनाको उच्च प्रशंसा गरेका थिए। प्रहरी र शैक्षिक संस्थाबीचको यस्तो सहकार्यले समुदायमा आपसी सद्भाव, सहयोग र सामाजिक जिम्मेवारीको भावनालाई अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न