ला लिगाको खेलमा बराबरीमा रोकियो एट्लेटिको मड्रिड | Jana Aawaj News

ला लिगाको खेलमा बराबरीमा रोकियो एट्लेटिको मड्रिड

पढ्न लाग्ने समयः < 1 मिनेट
ला लिगाको खेलमा बराबरीमा रोकियो एट्लेटिको मड्रिड : Jana Aawaj News

एजेन्सी । ला लिगा अन्तर्गत बिहिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित घरेलु टोली लेभान्टेसँग २–२ को बाराबरी भएकोे छ । उक्त खेलको १२ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको गोलबाट एट्लेटिकोले अग्रता लिदै ३७औं मिनेटमा इनिस बारदीले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउन सफल भएका थिए ।

खेलमा लुइस सुआरेजले भेजोलाई फउल गरेपछि रेफ्रीले घरेलु टोलीलाई पेनाल्टी गरेको थिए । जसमा इनिस चुकेनन् भने, ७६ औं मिनेटमा म्याथुज कुन्हाले गोल गर्दै एट्लेटिकोलाई २–१ ले अघि बढाउदै ८० औं मिनेटमा एट्लेटिकोका प्रशिक्षक डिएगो सिमिओन दोहोरो पहेँलो कार्ड खाँदै टच लाईनबाट बाहिरिएका थिए ।

यस्तै ९० औं मिनेटमा इनिस बारदीले पेनाल्टीमै गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए । थप गरिएको समयमा रोवेर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेभान्टे १० खेलाडीमा समेटिन पुगेको थियो । यो बराबरीपछि एट्लेटिको १० खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा उक्लिदा ११ खेलबाट लेभान्टे ६ अंकका साथ १९औं स्थानमा रहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न