
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार ९ हजार ७ सय ४६ जनाको परीक्षण गर्दा ५ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
सोही अवधीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ११ हजार ३८८ पुगेको छ । यसैगरी सोही अवधीसम्म ५ सय ६९ जना संक्रमण मुक्त भएका छन् । कूल निको हुनेको संख्या ७ लाख ९० हजार ३५८ पुगेको बताइएको छ ।
कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ११ हजार ८ सय ९७ र एन्टीजेनबाट ९४ हजार ४ सय २८ पुगेको छ । नेपालमा हाल १० हजार १ सय ५१ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295781



