साउथका सुपरस्टार पुनीथको ४६ वर्षको उमेरमा निधन | Jana Aawaj News

साउथका सुपरस्टार पुनीथको ४६ वर्षको उमेरमा निधन

पढ्न लाग्ने समयः < 1 मिनेट
साउथका सुपरस्टार पुनीथको ४६ वर्षको उमेरमा निधन : Jana Aawaj News

काठमाडौं । साउथका सुपरस्टार पुनीथ राजकुमारको आज हर्ट अट्याकका कारण निधन भएको छ । सुपरस्टार पुनीथको ४६ वर्षको उमेरमा निधन भएको हो ।
शुक्रबार हर्ट अट्याक आएपछि सुपरस्टार पुनीथलाई विक्रम अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । रिपोर्टमा भनिए अनुसार अभनेता पुनीथलाई जिममा वर्क आउट गरिरहेको अवस्थामा हर्ट अट्याक आएको बताइएको छ ।

अस्पताल भर्ना गर्ने वित्तिकै डाक्टरहरुले अभिनेता पुनीथको अवस्था गम्भीर रहेको र सक्दो बचाउने प्रयास गर्ने बताएता पनि आज विहान ११ः४० मात्रै पुनीथले टाउको दुखेको बताएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । अस्पतालले भर्ना गरिएको केही समयपछि विक्रम अस्पतालले ४६ वर्षीय अभनेता पुनीथको मृत्यु भएको अफिसियल बयान सार्वजनिक गरेको हो । अभिनेता पुनीथको निधनप्रति साउथ उद्योगदेखि बलिउड उद्योगका कलाकारहरुले शोक ब्यक्त गरेका छन् ।

सुपरस्टार महेश बाबु, आर माधवन, सोनु सूद, कुब्रा सैत, लक्ष्मी मंचु, अशोक पण्डित, राम गोपाल वर्मालगायतले अभिनेता पुनीथको निधनप्रति दुःख व्यक्त गरेका छन् । साउथका हस्ति रुपमा चिनिने पुनीथले साउथको कयौं हिट फिल्म दिएका थिए । उनले आफ्नो करियरको सुरुवात चाइल्ड आर्टिस्टको रुपमा गरेका थिए । त्यसपछि सन १९८५ मा फिल्म ‘बेट्टाडा होवु’मा काम गर्दै उक्त फिल्मबाट उनले कयौं अवार्डहरु पनि हात पार्न सफल भएका थिए । साथै उनलाई नेशनल अवार्डबाट पनि सम्मान गरिएको थियो ।

पछिल्लो समय उनी फिल्म सुवारत्थनामा देखिएका थिए । यसै वर्ष रिलिज भएको सो फिल्म नै पुनिथको अन्तिम फिल्म बनेको छ । पुनिथको निधनले फ्यान र साउथ फिल्म उद्योग शोकमा डुबेको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न