आलीसँगै एमाले पनि सकिन्छ ˸ अध्यक्ष नेपाल | Jana Aawaj News

आलीसँगै एमाले पनि सकिन्छ ˸ अध्यक्ष नेपाल

पढ्न लाग्ने समयः < 1 मिनेट
आलीसँगै एमाले पनि सकिन्छ ˸ अध्यक्ष नेपाल : Jana Aawaj News

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओलीसँगै एमाले पनि सकिने बताउनुभएको छ ।

आज नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले छाड्नेहरुको भविष्य सुरक्षित रहने भएता पनि एमालेमा बस्नेहरुको भविष्य भने नभएको बताउनुभयो । उहाँले अब एमालेलाई टर्च बालेर खोज्नुपर्ने स्थिति आउने समेत बताउनुभयो ।

आज पार्टी कामको शिलशिलामा पोखरा पुग्नुभएका अध्यक्ष नेपालले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्न सके खर्च समेत कम गर्न सकिने बताउनुभएको छ । एकैपटक तीनै तहको निर्वाचन गराउन सके राष्ट्रको सम्पति जोगिने बताउनुभयो । अध्यक्ष नेपालले आफ्नो समूह छाडेर एमालेमा बस्ने नेताहरुको हरिबिजोग हुने बताउदै एमालेमा कुनै नीति र विधि नभएको उललेख गर्नुभयो ।

एमाले रहनेहरु निजी कम्पनिको सदस्यका रुपमा रहने बताउदै केपी ओलीप्रति बफादार हुनेहरुको हरिबिजोग हुने बताउनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न