बारद्धारा प्रधानन्यायाधीश जबराको राजीनामा माग | Jana Aawaj News

बारद्धारा प्रधानन्यायाधीश जबराको राजीनामा माग

अब चरणबद्ध आन्दोलन गर्दै यस्ता छन् विरोधका कार्यक्रम

पढ्न लाग्ने समयः < 1 मिनेट
बारद्धारा प्रधानन्यायाधीश जबराको राजीनामा माग : Jana Aawaj News

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै चरणबद्ध आन्दोलनक गर्ने घोषणा गरेको छ । शुक्रबार बसेको बारको बैठकले तिहारअघिको चार दिने आन्दोलनको घोषणा गरेको बारले जानकारी गराएको छ ।

बारले आन्दोलनको पहिलो दिन सर्वोच्चमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने भएको छ भने, प्रधानन्यायाधीशलाई समेत इजलासमा नबस्न अनुरोध गर्ने समेत बारले जानकारी गराएको छ । प्रधानन्यायाधीशविरुद्धको विरोधका कार्यक्रमबारे देशभर रहेका बारका ९० वटा इकाईसँग भर्चुअल माध्यमबाट छलफल गरी थप विरोधका कार्यक्रमहरु समेत गर्ने बताइएको छ । यस्तै प्रधानन्यायाधीशको राजीनामा नआए तिहारपछि विरोधका थप कार्यक्रम पुन गर्ने समेत बताइएको छ ।
बारको आन्दोलनको यस्तो छ कार्यतालिका

१. मिति २०७८ कार्तिक १४,१५,१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०˸०० बजेदेखि ११˸०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियता पूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाईका कानून व्यवसायीहरु लगायत सम्पूर्ण कानून व्यवसायीहरुलाई अनुरोध गर्ने बताइएको छ ।

२. मिति २०७४ र ०७र १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने । न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसन नेपाल बार एसोसिएसनको निर्णयको बारेमा ९० वटै बार एकाईहरुमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने बताइएको छ ।

यसैगरी नेपाल बार एसोसिएसनका ९० वटै बार एकाईहरुका अध्यक्ष र सचिवज्यूहरुसँग भर्चुयल जुम मार्फत छलफल, अन्र्तरक्रिया र सुझाव सङ्कलन गर्ने र उल्लेखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरु घोषणा गर्ने बारले जानकारी गराएको छ ।

+ posts