नेकपा एमाले सूर्यविनायकमा सापकोटाको नेतृत्वमा नगर कमिटी गठन | Jana Aawaj News

नेकपा एमाले सूर्यविनायकमा सापकोटाको नेतृत्वमा नगर कमिटी गठन

पढ्न लाग्ने समयः < 1 मिनेट
नेकपा एमाले सूर्यविनायकमा सापकोटाको नेतृत्वमा नगर कमिटी गठन : Jana Aawaj News

भक्तपुर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आयोजित सूर्यविनायक नगर संगठन कमिटी अधिवेशनबाट रविन्द्र सापकोटाको नेतृत्वमा ७५ सदस्यीय सूर्यविनायक नगर संगठन कमिटी गठन भएको छ ।

यसैगरी नव गठित नगर संगठन कमिटीमा उपाध्यक्ष विनय महत, सचिव शिवराम राउत, उपसचिवद्वय कमला पोखरेल तथा श्यामकृष्ण श्रेष्ठ चयन भएका छन् भने, सर्वसम्मत नेतृत्व चयन भएको ७५ सदस्यीय नगर संगठन कमिटीमा २५ जना महिला, ५० जना पुरुष तथा ४ जना दलित समुदायबाट चयन भएको सूर्यविनायक नगर संगठन कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले जानकारी गराउनुभएको छ ।

यस्तै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शुक्रबार सपथ ग्रहण गराइएको छ ।

+ posts