भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ५ खँलास्थित भद्रकाली बचत तथा तथा ऋण सहकारी संस्था लि. को १४ औं साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख प्रजापतिले सहकारी संस्थाले सामूहिक हितको निम्ति काम गर्नुपर्ने र सदस्यहरुलाई विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो । सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई श्रमको सम्मान र श्रमको माया गर्न सिकाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले सहकारीले सामाजिक गतिविधि सञ्चालन गरी नागरिक भावना अभिप्रेरित गराउन तल्लीन हुनुपर्ने बताउनुभयो ।
भक्तपुरको शैक्षिक, सामाजिक, सांस्कृतिक उत्थानमा भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुको विशेष योगदान रहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रहरुमा आफ्नो लगानी बढाउँदै लानुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाका गतिविधिमा नगरबासीहरुको साथ र सहयोग रहँदै आएको चर्चा गर्दै उहाँले नगरपालिकाले नगरबासी विद्यार्थीहरुको लागि शैक्षिक ऋणका साथै सीपमूलक तालिम र भाषाका कक्षाहरु पनि सञ्चालन गर्दै आएको बताउनुुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका प्रतिनिधि इन्द्रप्रसाद ब्यान्जुले भक्तपुरका सहकारी संस्थाहरु जनमुदायमा आधारित हुनुपर्ने र विना अनुमति भक्तपुरमा सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थालाई बन्द गराउनुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष शैलेश अमात्यले संस्थाले सहकारीको भावना र मूल्यमान्यता अनुसार कार्य गर्दै आएको बताउनुहुँदै स्थानीय सरकारले स्थानीय सहकारीहरुलाई सबल र सुदृढ हुने गरी ऐन नियमहरु लागू गर्नेमा विश्वास लिएको बताउनुभयो ।
Related