भद्रकाली साकोसको १४ औं वार्षिक सभा सम्पन्न | Jana Aawaj News

भद्रकाली साकोसको १४ औं वार्षिक सभा सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
भद्रकाली साकोसको १४ औं वार्षिक सभा सम्पन्न : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ५ खँलास्थित भद्रकाली बचत तथा तथा ऋण सहकारी संस्था लि. को १४ औं साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख प्रजापतिले सहकारी संस्थाले सामूहिक हितको निम्ति काम गर्नुपर्ने र सदस्यहरुलाई विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो । सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई श्रमको सम्मान र श्रमको माया गर्न सिकाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले सहकारीले सामाजिक गतिविधि सञ्चालन गरी नागरिक भावना अभिप्रेरित गराउन तल्लीन हुनुपर्ने बताउनुभयो ।

भक्तपुरको शैक्षिक, सामाजिक, सांस्कृतिक उत्थानमा भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुको विशेष योगदान रहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रहरुमा आफ्नो लगानी बढाउँदै लानुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाका गतिविधिमा नगरबासीहरुको साथ र सहयोग रहँदै आएको चर्चा गर्दै उहाँले नगरपालिकाले नगरबासी विद्यार्थीहरुको लागि शैक्षिक ऋणका साथै सीपमूलक तालिम र भाषाका कक्षाहरु पनि सञ्चालन गर्दै आएको बताउनुुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका प्रतिनिधि इन्द्रप्रसाद ब्यान्जुले भक्तपुरका सहकारी संस्थाहरु जनमुदायमा आधारित हुनुपर्ने र विना अनुमति भक्तपुरमा सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थालाई बन्द गराउनुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष शैलेश अमात्यले संस्थाले सहकारीको भावना र मूल्यमान्यता अनुसार कार्य गर्दै आएको बताउनुहुँदै स्थानीय सरकारले स्थानीय सहकारीहरुलाई सबल र सुदृढ हुने गरी ऐन नियमहरु लागू गर्नेमा विश्वास लिएको बताउनुभयो ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न