आपराधिक घटना न्युनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक ˸ प्रमुख प्रजापति | Jana Aawaj News

आपराधिक घटना न्युनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक ˸ प्रमुख प्रजापति

पढ्न लाग्ने समयः < 1 मिनेट
आपराधिक घटना न्युनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक ˸ प्रमुख प्रजापति : Jana Aawaj News

भक्तपुर । भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ, भक्तपुर लेडी जेसिस, बनसी खुला क्षेत्र संरक्षण समाजको संयुक्त आयोजनामा विजया दशमी, शुभ दिपावली तथा ने.सं. ११४२ तथा छठको उपलक्ष्यमा शनिबार शुभकामना आदानप्रदान तथा सामाजिक सुरक्षामा नेपाल प्रहरीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलेसमाजमा नयाँ खालका अपराधको संख्या बढिरहेको हुँदा नयाँ पुस्तालाई नै सजग र सचेत गराउन आवश्यक भएको बताउनुभयो । समाजमा घट्ने चोरी, ठगी, लुटपाट, हिंसाका घटनाबाट नागरिक स्वयम्ले सचेत तथा सुरक्षाका सावधानी अपनाउनुपर्नेमा जोड दिनुहुँदै शान्ति सुरक्षा कायम गर्ने र आपराधिक घटना न्युनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक भएको बताउनुभयो । न्यायालयको क्षेत्रमा देखिएको विकृति बिंगतीबारे प्रष्ट पार्नुहुँदै नगर प्रमुख प्रजापतिले जनताको हित र पक्षमा वकालत गर्नुपर्नेहरुको हर्कतबाट आम जनतालाई आश्चर्यचकित बनाएको उहाँले बताउनुभयो । विद्युतीय सामाग्रीहरुको महत्व दिन प्रतिदिन बढिरहेको वर्तमान समयमा ती सामाग्रीहरु सबै विदेशबाट आयात गर्नुपर्दा नेपाल परनिर्भरतातर्फ धकेलिँदै गएको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले नेपाल सरकारले विद्युतीय सामाग्रीहरु नेपालमै उत्पादन गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नजिकिँदै आएको चाडपर्वहरु सामाजिक सौहार्दता र आपसी सद्भावको निम्ति मनाउनुपर्ने बताउनुभयो । उहाँले नयाँ बस्तीमा पनि पुरानो बस्तीमा जस्तै सामाजिक सद्भाव कायम गर्न वडाले विविध गतिविधि सञ्चालन गर्दै आएको बताउनुहुँदै भक्तपुर नपाले व्यवस्थित आवास योजना सञ्चालन गरी नयाँ बस्तीमा खुला क्षेत्र कायम, सडक कालोपत्रे, विद्युत आपूर्ति, सडक बत्ती व्यवस्थापन, खानेपानी सुविधाको निम्ति बोरिङ आदि कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको अवस्थाको स्थितिबारे चित्रण गर्नुहुँदै प्रहरी प्रशासनले सामाजिक सदुभाव र समाजलाई सभ्य र सुरक्षित बनाउन विविध कार्यक्रम सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो । भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघका अध्यक्ष माधवप्रसाद प्रजापतिको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न