सिन्धुली बितिजोर कांग्रेसमा पहिरो, कांग्रेसका सचिव सहित सयौँको संख्यामा एमाले प्रवेश | Jana Aawaj News

सिन्धुली बितिजोर कांग्रेसमा पहिरो, कांग्रेसका सचिव सहित सयौँको संख्यामा एमाले प्रवेश

पढ्न लाग्ने समयः < 1 मिनेट
सिन्धुली बितिजोर कांग्रेसमा पहिरो, कांग्रेसका सचिव सहित सयौँको संख्यामा एमाले प्रवेश : Jana Aawaj News

सिन्धुली । सिन्धली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. २ बितिजोरका नेपाली कंग्रेसका सचिव ईश्वर हमाल, मोहन कार्की र बसन्त मल्ल सहित पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री एमाले केन्द्रीय सदस्य एवं सिन्धुली प्रतिनिधि सभा क्षेत्र नं.१ का सांसद गणेश कुमार पहाडीले सबैलाई पार्टी प्रवेश गराएका छन् । नेकपा एमाले गोलन्जोर गाउँपालिका २ बितिजोरको प्रथम वडा अधिवेशनमा हमाल र कार्कीको नेतृत्वमा सयौँको संख्यामा कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै ईश्वर हामलले कांग्रेसले अंगालेका कतिपय कुरा आफुलाई मन नपरेको र एमालेले देश बिकासका निम्ति गरेका कार्यबाट प्रभावित भएकाले एमाले नै रोजेको बताउनुभयो । यसैगरी नेपाली कांग्रेसको राजनितिमा लामो समय शक्रिय रहेका ईशवर हमाल र मोहन कार्की लगाएतको समुहले गत भदौ १८ गते भएको कंग्रेस वडा अधिवेशनमा वडा अध्यक्ष दौलत कार्कीले एक्लैटी ढंगले सदस्यता विस्तार र अधिवेशन गरेको भन्दै बहिस्कार गरेको समेत बताउनुभयो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न