राष्ट्रपति भण्डारीद्वारा दक्षिण एसियाकै ठूलोे स्याउ फार्मको अवलोकन | Jana Aawaj News

राष्ट्रपति भण्डारीद्वारा दक्षिण एसियाकै ठूलोे स्याउ फार्मको अवलोकन

पढ्न लाग्ने समयः < 1 मिनेट
राष्ट्रपति भण्डारीद्वारा दक्षिण एसियाकै ठूलोे स्याउ फार्मको अवलोकन : Jana Aawaj News

काठमाडौं । राष्ट्रपति विधादेवी भण्डारीले मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको एग्रो मनाङ प्रा.लि.को स्याउबारीको अवलोकन गर्नुभएको हो । निजी क्षेत्रबाट सञ्चालित उक्त फार्म नेपालकै सबैभन्दा ठूलो भएको बताइएको छ । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ स्याउ फार्मको अबलोकन गर्नुभएको हो । दक्षिण एसियाकै ठूलो फार्म ७३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेन लगायतका स्याउ उत्पादन हुँदै आएको बताइएको छ ।

राष्ट्रपति भण्डारीलाई एग्रो मनाङ प्रा.लि.का अध्यक्ष समराज गुरुङ र प्रबन्ध निर्देशक युवराज गुरुङले स्याउ फार्मको बारेमा जानकारी गरएका थिए । अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपालको दुर्गम जिल्लामा उन्नत र व्यावसायिक कृषि खेती गरेर नेपालको अर्थतन्त्रमा थप सहयोग पुग्ने भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।

उक्त फार्ममा गत आर्थिक वर्षमा ४५० टन स्याउ उत्पादन भएको मनाङको हाइ अल्टिच्युडमा रहेको यस एग्रो मनाङ फार्ममा देशको पहिलो महिला राष्ट्रपतिलाई स्वागत गर्न पाउँदा सम्पुर्ण मनाङका बासिन्दाहरु खुसी भएको प्रतिनिधिसभा सासद पाल्देन छोपाङ गुरुङले जानकारी दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न