म फेरि प्रशिक्षकको रुपमा बार्सिलोना फर्किन चाहन्छु˸ मेस्सी | Jana Aawaj News

म फेरि प्रशिक्षकको रुपमा बार्सिलोना फर्किन चाहन्छु˸ मेस्सी

पढ्न लाग्ने समयः < 1 मिनेट
म फेरि प्रशिक्षकको रुपमा बार्सिलोना फर्किन चाहन्छु˸ मेस्सी : Jana Aawaj News

एजेन्सी । अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीले पुनः बार्सिलोनामा प्रशिषकको रुपमा फर्किने चाहेको बताएका छन् । बार्सिलोनामा पुन फर्कदा खेलाडीको रुपमा नभई प्रशिक्षकको रुपमा फर्किन चाहेका बताएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएअनुसार बार्सिलोना छाडेको करिब दुई महिनापछि मेस्सीले आफ्नो पुरानो क्लबमा फर्किने विषयमा कुरा गरेका हुन् ।
६ पटकको बालोन डेओर उपाधि विजेता मेस्सीले एक अन्तर्वातामा आफूलाई बार्सिलोनाले अवसर दिएको अवस्थामा फर्किन तयार रहेको बताएका छन् ।

हालै मात्र बार्सिलोनाले टोलीका मुख्य प्रशिक्षक रोनाल्ड कोमेनलाई बर्खास्त गरिएको छ । उनको स्थानमा बार्सिलोनाकै पूर्व खेलाडी रहेका जाभी हर्नान्डेज आउन सक्ने चर्चा चलेको छ । मेस्सीले बार्सिलोनाको लागि २१ वर्ष फुटबल खेल्ने क्रममा उनले आफूलाई विश्वकै उत्कृष्ट खेलाडीको रुपमा उभ्याएका थिए । यसैगरी यो सिजनको लागि भने बार्सिलोनासँग नयाँ सम्झौता नभएपछि मेस्सी पुन पीएसजी नै गएका हुन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न