भेडेखुर्सानी अन्तरिक्षमा उमार्दै नासा | Jana Aawaj News

भेडेखुर्सानी अन्तरिक्षमा उमार्दै नासा

पढ्न लाग्ने समयः < 1 मिनेट
भेडेखुर्सानी अन्तरिक्षमा उमार्दै नासा : Jana Aawaj News

एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलोपटक अन्तरिक्षमा भेडेखुर्सानी उमारेको बताएको छ ।

प्लान्ट ह्याबिटाट–०४ मा उमारेको भेडेखुर्सानीलाई अन्तरिक्षयात्रीहरूले स्वादिलो परिकार बनाएर खाएको फोटो सार्वजनिक गरेका छन् । यस्तै नासाले बताएअनुसार यो भेडेखुर्सानी न्यु मेक्सिकोको सान्डिया खुर्सानी र अन्य प्रजाति मिसाएर बनाइएको हो । अन्तरिक्षमा यसलाई फलाउनु निकै चुनौतीपूर्ण भएको नासाले बताएको छ ।

उक्त खुर्सानी फलाउन र विकसित हुन धेरै समय लाग्ने भएता पनि यसअघि नै नासाले अन्तरिक्षमा पालुंगो समेत फलाइसकेको छ । नासाकी अन्तरिक्षयात्री मेगन म्याकआर्थरले भेडेखुर्सानी भाँचेको अनि त्यसको डिनर खाएको तस्वीर सार्वजनिक गरेकी छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न