
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्ममा ४५ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २३.७६ प्रतिशतले बढि रहेको छ । यस्तै गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ३६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बताएको छ ।

बैंकको समीक्षा अवधिमा खुद ब्याज आम्दानी १८.३४ प्रतिशत बढेको छ । यस्तै सञ्चालन मुनाफा २५.१६ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १३ करोड ४८ लाख रुपेयाँबाट बढेर १८ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
उक्त अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९३ करोड १७ लाख ओपनिङ्ग ब्यालेन्स सहित रुपैयाँ रहेको छ । चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ३३ पैसाले बढेर १६ रुपैयाँ ९५ पैसा पुगेको छ ।
यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात २८.५५ गुणा रहेको छ । बैंकको जगेडा कोष ४.५९ प्रतिशतले बढेको छ, भने निक्षेप ०.८२ प्रतिशत र कर्जा ९.५६ प्रतिशतले बढेको बैंकले बताएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
Related


















Total views : 355267










