फ्रान्सेली राजदूत जिल बुरबाओ र ऊर्जामन्त्री भुसालबिच भेटवार्ता | Jana Aawaj News

फ्रान्सेली राजदूत जिल बुरबाओ र ऊर्जामन्त्री भुसालबिच भेटवार्ता

पढ्न लाग्ने समयः < 1 मिनेट
फ्रान्सेली राजदूत जिल बुरबाओ र ऊर्जामन्त्री भुसालबिच भेटवार्ता : Jana Aawaj News

 

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओबिच भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको बताइएको छ ।

वार्तामा ऊर्जामन्त्री भुसालले ऊर्जा सञ्चित तथा ‘हाइड्रो इनर्जी’सँग सम्बन्धी प्रविधिबारे चासो राख्दै नेपालमा उपलब्ध ऊर्जालाई व्यवस्थित गर्न चाहेको बताउनुभयो । उहाँले जलविद्युत खपत गर्ने फ्रान्सका उद्योगहरूलाई नेपालमा स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै त्यसका लागि पहल गर्न समेत आग्रह गर्नुभएको छ ।

यसैगरी नेपालले जलवायु परिवर्तनको मार खेप्नु परेको यथार्थ बताउँदै मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालजस्तो मुलुकका मुद्दालाई सक्रियतापूर्वक उठाउनुपर्नेमा जोड दिनुभयो । नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने कुरामा श्विस्त भएको समेत बताउनुभयो ।

भेटवार्तामा फ्रान्सका राजदूत बुरबाओले ऊर्जा क्षेत्रमा फ्रान्सले विकास गरेको नयाँ प्रविधि नेपालमा प्रयोग गर्नका लागि आफ्नो देशका निजी कम्पनी इच्छुक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो । यस्तै वैकल्पिक ऊर्जा एवं ऊर्जा सञ्चितका सम्बन्धमा फ्रान्समा विकास भएका प्रविधि नेपाल ल्याउन चाहेको बताउनुभयो ।

उक्त भेटवार्तामा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव मधुकर राजराजभण्डारी सहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न