किमाथाङ्का नाका व्यवस्थित गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाई | Jana Aawaj News

किमाथाङ्का नाका व्यवस्थित गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाई

पढ्न लाग्ने समयः < 1 मिनेट
किमाथाङ्का नाका व्यवस्थित गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाई : Jana Aawaj News

 

काठमाडौ । आज प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर संचालन गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गर्नुपर्ने बताउदैं अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको कार्य गर्न सहज हुने विश्वास व्यक्र गर्नुभयो । यसैगरी संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट समग्र जिल्लालाई धनी बनाउन मद्दत पुग्ने बताउनुभयो ।

शर्माले व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा प्रशस्त रहेकाले सरकारले लगानी बढाउने प्रतिबद्धता गर्ने समेत जानकारी गराउनुभयो । यसैगरी अरुणमा जलविद्युत आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको बताउदै आगामी दिनहरुमा विकासका कार्यहरु तिव्र गतिमा अघि बढ्ने समेत बताउनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न