भक्तपुरको बजेट नकाट्न प्रधानमन्त्री देउवालाई बस्नेतको चेतावनी | Jana Aawaj News

भक्तपुरको बजेट नकाट्न प्रधानमन्त्री देउवालाई बस्नेतको चेतावनी

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरको बजेट नकाट्न प्रधानमन्त्री देउवालाई बस्नेतको चेतावनी : Jana Aawaj News

भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राष्ट्रिय विभूति शंखधर साख्वाःप्रतिष्ठान द्वारा शंखधर चोकमा आयोजित नेपाल संवत ११४२ नयाँ वर्षको शुभकामना आदानप्रदान तथा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण समारोहमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भक्तपुरमा आएको बजेट नकाट्न चेतावनी दिनुभएको छ ।

कार्यक्रममा नेता बस्नेतले भक्तपुरको विकासमा आएको बजेटलाई लिएर राजनीतिक द्वन्द्व नबढाउन प्रधानमन्त्री देउवालाई चेतावनी दिदै उहाँले भन्नुभयो,

विकासको लागि सबै दलको संयुक्त धारणा बनाई अगाडी बढ्नु अहिलेको आवश्यकता रहेको बताउदै नेता बस्नेतले न्यायापालिका, कार्यपालिका तथा व्यवस्थापीकामा देखिएका विकृति र विसंगतिहरुलाई हटाउन सरकारले पहल गर्नुपर्नेमा बताउनुभयो । एक अर्कामा जुधेर, गाली गरेरभन्दा पनि सहकार्य अहिलेको लागि अपरिहार्य रहेको बताउदै एउटा पार्टीले गरेका जनमूखी काम तथा योजनाहरु अर्को पार्टीले हटाउन थालेमा द्वन्द्व सृजना हुने खतरा रहेको बताउनुभयो ।

बस्नेतले भक्तपुरमा ३० वर्ष पछि विकासमा कार्य शुरु भएको बताउदै तीन वटै तहको सरकारले भक्तपुरको विकासमा अतुलनीय योगदान रहेको समेत बताउनुभयो । भक्तपुरमा हनुमन्ते करिडोर, स्मार्ट सिटी, रंगशाला, खेलमैदान, सभागृह, सांस्कृतिक सम्पदाको निर्माण, स्वास्थ्य क्षेत्रको विकास र विस्तार, सडक निर्माण, सुरुङ्मार्ग निर्माणका लागि नेपाल सरकारले बजेट समेत छुट्याएको बताउनुभयो ।

बस्नेतले वर्तमान सरकारलाई आग्रह गर्दै बजेट थप गर्नुहोस् थप गर्न सकिदैन भने, बजेट कटौती नगर्न आग्रह गर्नुभयो । भक्तपुरमा विकासको बजेट अन्र्तगतको ११ वटा सडक काटिएको बताउदै ति सडकहरु जोडिदिन आग्रह गर्नुभयो ।’

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न