
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’को रिलिज डेट सावैजनिक भएको छ । फिल्म निर्माण पक्षले ‘चपली हाइट–३’ पुस २ गते रिलिज हुने जानकारी गराएको छ ।
पुस २ गते रिलिज हुन लागेको उक्त चलचित्र पहिलो लकडाउन अगाडि नै निर्माण सम्पन्न भएको थियो । रिलिज डेटसमेत लिएको चलचित्र कोरोना संक्रमणको त्रास बढेपछि सिनेमा हल बन्द हुँदा तत्कालीन समयमा रिलिज हुन नसकेको निर्माण टिमले बताएको छ ।
उक्त चलचित्रमा कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अमिर गौतम, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ लगायत कलाकारहरुको मुख्य भूमिकामा देखिने भएका छन् । निकेश खड्काले चलचित्रलाई निर्देशन गरेका छन् ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 295927



