नेपाली सेनालाई ३ लाख खोपसहित कोरोनाविरुद्धको स्वास्थ्य सामग्री हस्तान्तरण | Jana Aawaj News

नेपाली सेनालाई ३ लाख खोपसहित कोरोनाविरुद्धको स्वास्थ्य सामग्री हस्तान्तरण

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाली सेनालाई ३ लाख खोपसहित कोरोनाविरुद्धको स्वास्थ्य सामग्री हस्तान्तरण : Jana Aawaj News

काठमाडौं । आज सेनाको मुख्यालय जंगी अड्डामा एक कार्यक्रमका बीच चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोग स्वरुप तीन लाख डोज कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

कार्यक्रममा १० थान भेन्टिलेटर १०० थान अक्सिजन कन्सन्ट्रेटर सहित ३ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको बताइएको छ । यस्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी विरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने बताउनुभएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न