संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्द्धारा म्यानमारको हिंसा तत्काल अन्त्य गर्न आह्वान | Jana Aawaj News

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्द्धारा म्यानमारको हिंसा तत्काल अन्त्य गर्न आह्वान

पढ्न लाग्ने समयः < 1 मिनेट
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्द्धारा म्यानमारको हिंसा तत्काल अन्त्य गर्न आह्वान : Jana Aawaj News

काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा बढिरहेको हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेको छ । उक्त हिंसा प्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल युद्ध अन्त्य गर्न आह्वान गरिएको हो । त्यहाँको सेनालाई संयम हुन आग्रह गर्दै बुधबार जारी गरिएको विज्ञप्तिमा सुरक्षा परिषद्का सबै १५ सदस्यहरू नै सहमत भएका बताइएको छ ।

यसैगरी फेब्रुअरीमा सेनाले आङ साङ सुकीको निर्वाचित सरकारलाई ‘कू’ गरी अपदस्त गरेपछि गठन भएका लडाकु समूहहरू सखाप पार्न पश्चिम चीन प्रान्तमा भारी हतियार र फौजहरू तयार पारिएको खबरहरूबीच सुरक्षा परिषद्को विज्ञप्ति आएको हो ।

यस्तै सुरक्षा परिषद्का सदस्यहरूले म्यानमारमा हालै भएको हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीहरूले हिंसा तत्काल बन्द गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न आह्वान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । म्यानमारको सेनाले भने सैनिक शासनविरुद्ध प्रतिरोधको अग्रमोर्चामा रहेको अस्थिर चीन प्रान्तको अवस्थाको बारेमा कुनै टिप्पणी भने गरेको छैन ।

दक्षिणपूर्वी एसियाली मुलुक म्यानमार सैनिक ‘कू’ यता शासन सञ्चालन गर्न सेनाले गरिरहेको संघर्ष र यसविरुद्ध लडाकुहरूको सशस्त्र प्रतिरोधका कारण असहाय बनेको बताइएको छ । यता सुरक्षा परिषद्ले म्यानमारका जनताको चाहना र हितअनुसार संवाद र मेलमिलापमा जोड दिइरहेको छ । मानवीय सहायताका लागि विना अवरोध पहुँच दिन र मानवीय सहायताकर्मी एवं स्वास्थ्यकर्मीहरूको सुरक्षाको लागि समेत आह्वान गरिएको छ ।

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न