वर्तमान सरकारले ६–६ महिनामा मुख्यमन्त्री फेर्नेबाहेक केहि गर्न सकेन˸ ज्ञवाली | Jana Aawaj News

वर्तमान सरकारले ६–६ महिनामा मुख्यमन्त्री फेर्नेबाहेक केहि गर्न सकेन˸ ज्ञवाली

पढ्न लाग्ने समयः < 1 मिनेट
वर्तमान सरकारले ६–६ महिनामा मुख्यमन्त्री फेर्नेबाहेक केहि गर्न सकेन˸ ज्ञवाली : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञावलीले वर्तमान सरकारले प्रदेशका मुख्यमन्त्री ६–६ महिनामा परिवर्तन गर्ने बाहेक जनहितका लागि कुनै पनि काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले परमादेशबाट बनेको सरकारको काम टिप्पणी गर्न लायक नै नभएको बताउनुभएको हो ।

यस्तै उहाँले एमालेको १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने बतादैं अध्यक्ष लगायतका अधिकांश पदहरुमा सर्वसम्मत हुने समेत दाबी गर्नुभएको छ ।
यसैगरी महाधिवेशनको मिति नजिकिएसँगै आज महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, शेरबहादुर तामाङ लगायतका नेताहरु चितवन जाने बताइएको छ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने भएको छ ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न