बारद्धारा उपत्यकाका सबै अदालतमा चोलेन्द्र शमशेरको राजीनामा माग्दै दुई घण्टा धर्ना | Jana Aawaj News

बारद्धारा उपत्यकाका सबै अदालतमा चोलेन्द्र शमशेरको राजीनामा माग्दै दुई घण्टा धर्ना

पढ्न लाग्ने समयः < 1 मिनेट
बारद्धारा उपत्यकाका सबै अदालतमा चोलेन्द्र शमशेरको राजीनामा माग्दै दुई घण्टा धर्ना : Jana Aawaj News

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आज काठमाडौँ उपत्यकाका सबै अदालतमा कानुन व्यवसायीहरूले दुई घण्टा धर्ना दिने भएका बताइएको छ । आज नेपाल बार एसोसिएसनले बिहान १० देखि १२ बजेसम्म सबै अदालतमा धर्ना दिने जानकारी गराएको छ ।

यसैगरी धर्नाको अवधिमा इजलास बहिस्कार गर्न उपत्यकाभित्र रहेका सबै न्यायाधीशलाई पनि बारले अनुरोध गर्दै उपत्यकाका अदालतमा धर्ना कार्यक्रम ३० कार्तिकसम्म निरन्तरता दिने समेत बताइएको छ । बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै १४ कार्तिकदेखि सर्वोच्च अदालत परिसरमा कालोपट्टी बाँधेर लगातार धर्ना दिइरहेका छ ।

राणाले आफू संविधान बमोजिम आएकोले बहिर्गमन पनि संवैधानिक व्यवस्थाभन्दा बाहिरबाट नहुने बताउदै राजीनामा नदिने अडान राख्दै आएका छन् ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न